कथा निकै पुरानो हो । एकपटक कुनै देशका राजा कतै जाँदै थिए । बाटामा कसैले हानेको ढुङ्गा आएर उनलाई लाग्यो । चोट ठूलै थियो, रगत धेरै नै बग्यो । केही सिपाही मलमपट्टी गर्नतिर लागे केही ढुङ्गा हान्ने मानिसलाई खोज्नतिर । खोज्दै जाँदा केही पर एउटी प्रौढ महिला फेला परिन्, जो अहिले पनि अर्को ढुङ्गा हान्ने तरखर गर्दै थिइन् । ढुङ्गा हान्ने व्यक्ति यिनै हुन् भन्ने पक्का भएपछि सिपाहीले उनलाई पक्रेर राजा समक्ष पेश गरे । उनको हाउफाउ र सिपाहीको भनाइबाट ढुङ्गा हान्ने मानिस यिनै हुन् भन्ने प्रष्ट भएपछि राजाले सोधे&