अन्नमा किरा लागेर हैरान हुनुहुन्छ ? यस्ता छन् किरा हटाउने उपाय
सामान्यतया वर्षा मौसमा असिलो भएर घरमा राखेको अन्न अर्थात चामल, गेडागुडीहरुमा किरा पर्छ । जुन किराले गर्दा नत केलाएर खान नै सकिन्छ न त फ्याक्न नै । त्यसैले चामल र गेडागुडीमा सकभर किरा पर्न नदिनु नै राम्रो हुन्छ ।
एसियालीहरूले कमिला, फट्यांग्रा, विभिन्न किसिमका किरा खान थालेको हजारौं वर्ष भइसक्यो। इटालेलीका लागि भने यो नयाँ किस्सा बनिरहेको छ। गत वर्ष मात्र युरोपेली संघले यस्ता किरा मान्छेले भोजनमा समावेश गर्न हुने भनी स्वीकृति दिइसकेको छ।...
एसियालीहरूले कमिला, फट्यांग्रा, विभिन्न किसिमका किरा खान थालेको हजारौं वर्ष भइसक्यो। इटालेलीका लागि भने यो नयाँ किस्सा बनिरहेको छ। गत वर्ष मात्र युरोपेली संघले यस्ता किरा मान्छेले भोजनमा समावेश गर्न हुने भनी स्वीकृति दिइसकेको छ।...
काठमाडौं । एउटा सिंगो घर मात्र होइन घर । समग्र सामग्रीको संयोजन हो, घर । त्यसमा विविध निर्माण सामग्री, इन्टेरियर र आउटडोर डिजाइन, शैली आदि मुख्य पर्छ । त्यसभित्र पनि समयको माग र प्रविधिको विकाससँगै नवीन सामग्रीको प्रयोग स्वाभाविकै हो ।
यिनै प्रविधिको विकासले ढोकामा नवीनता थप्दै गएको देख्न सकिन्छ । त्यसमध्ये एक मानिन्छ, लेमिनेट ढोका । यसलाई अर्को शब्दमा कमर्सियल वा रेडिमेड ढोका पनि भन्ने गरिन्छ ।
उद्योगमा विभिन्न कच्चा पदार्थ प्रयोग गरेर त्यसलाई मेसिनमा कम्प्रेस गरी विभिन्न साइज, रंग र डिजाइनमा उत्पादन गरिएको हुन्छ । कालीमाटी डोर सप्लायर्सका अनुसार यसमा दुई किसिमको सामग्रीबाट ढोका उत्पादन गरिन्छ । फ्याक्ट्रीमा विभिन्न कच्चा पदार्थलाई प्रोसेस गरेर र बोर्डको प्रयोग गरेर तयारी ढोका उत्पादन गरिन्छ ।
दिनप्रतिदिन वन विनासका कारण नेपालमा काठ अभाव हुँदै गएको छ । काँचो वा चिसो र कमसल काठको प्रयोगले पछि गएर ढोकामा किरा लाग्ने एवं बांगो हुने समस्या आउन सक्ने सम्भावना बढी हुन्छ । अग्राख (सिसौ) जस्तो महँगो काठ प्रयोग गर्न सबैका लागि सम्भव छैन । अन्य काठमा पछि समस्या आउन सक्ने सम्भावनालाई दृष्टिगत गरेर रेडिमेड (तयारी) ढोकाहरू प्रयोग गर्न विज्ञले सुझाव दिने गरेको पाइन्छ ।
सामान्यतया ढोकाको प्रयोग कोठा छुट्याउन, वातावरण नियन्त्रण गर्न र गोपनीयता कायम गर्न गरिन्छ । मूल प्रवेशद्वारका लागि काठको ढोका सबभन्दा राम्रो मानिन्छ । अन्य तयारी ढोकाभन्दा काठको ढोका बलियो र आकर्षक हुने भएकाले मूलद्वारमा काठको ढोका उत्तम हुन्छ । त्यसबाहेक अन्य कोठाका लागि लेमिनेट ढोका प्रयोग गर्न सकिन्छ ।
लेमिनेट ढोकाका विशेषता
लेमिनेट ढोकाको प्रमुख विशेषता भनेको सस्तो र किफायती हुनु हो । नेपाली कम्पनीबाट उत्पादित ढोकामा सबभन्दा सस्तो र वारेन्टी सुविधा उपलब्ध छ । भारतबाट आयातीत ढोकामा भने वारेन्टीको सुविधा छैन । कालीमाटी डोर सप्लायर्सका अनुसार नेपाली ढोकाको बजार मूल्य ३ हजारदेखि र भारतीय ढोकाको मूल्य ५ हजारदेखि २० हजारसम्म पर्छ् । जबकि काठको ढोका त्यो मूल्यमा पाउन सम्भव छैन । सस्तो पाइए पनि त्यसको कुनै वारेन्टी हुँदैन । त्यति मात्र होइन, लेमिनेट ढोका घामपानी प्रतिरोधी हुने भएकाले यसको प्रयोग उत्तम मान्न थालिएको छ । साथै, यो फिटिङ गर्न सजिलो र टिकाउ पनि हुन्छ ।
अहिले बजारमा विभिन्न किसिमका ढोका उपलब्ध छन् । ती ढोकाभन्दा लेमिनेटलाई यस कारण फरक मान्न सकिन्छ कि यो काठजस्तै हुनु हो । यी ढोका विभिन्न प्लाई उडमा फोरमाइका वा सनमाइकाजस्तो डिजाइनयुक्त र घामपानी प्रतिरोधी प्रयोग गरेर बनाइने भएकाले टिकाउ र बलियो हुन सकेको हो ।
त्यसैगरी मेसिनमा कम्प्रेस गरी बनाइएका ढोका विभिन्न डिजाइन र घामपानी प्रतिरोधीयुक्त हुने गरी बनाइएको हुन्छ । त्यसकारण त्यस्ता ढोका बलियो र टिकाउ हुन सकेको हो । यस्ता ढोका आकर्षक, सस्तो र काठजस्तो देखिने भएकाले यसको प्रयोग बढिरहेको छ ।
काठलाई घामपानी र हावाले बिगार्न सक्छ । घामपानीले भेट्ने स्थानमा काठको ढोका छिटो बिग्रने डर हुन्छ किनभने काठ पानीमा भिजे धेरै लामो समयपछि मक्किने र सड्दै जाने गर्छ । त्यसैले पानी पर्ने स्थानमा काठको ढोका छिटो बिग्रने भएकाले यस्तो स्थानमा लेमिनेट ढोका नै उत्तम मान्न सकिन्छ । कतिपयले काठलाई सुरक्षित राख्न सनमाईका प्रयोग गरेको पाइन्छ । अहिले बजारमा घामपानी प्रतिरोधी प्लाई उड पनि पाइन्छ । सजिलोका लागि यही प्लाई उडलाई ढोकाको रूपमा प्रयोग गर्न सकिन्छ । हाल यस्ता ढोकाको प्रचलन बढ्दै गएको देख्न सकिन्छ ।
समग्रमा लेमिनेट ढोका काठको ढोकाको विकल्पको रूपमा आएको हो भन्न सकिन्छ । खर्चको बचत, सस्तो, टिकाउ र आकर्षक सबैको रोजाइ बन्दै गइरहेको छ । साथै, यसको प्रयोगले वन संरक्षणमा समेत टेवा पुग्न सक्छ ।
काठमाडौं । हिजोआज घर निर्माण गर्दा प्लास्टिक अथवा युपिभिसी झ्याल राख्ने चलन बढ्दै गएको छ । सबै मानिसलाई आफ्नो घर आकर्षक र चिटिक्क देखाउन मन हुन्छ । त्यसैले सबैभन्दा पहिला घरमा के–कस्ता झ्यालढोका प्रयोग गर्ने भन्नेबारे जानकारी राख्नु आवश्यक हुन्छ । काठको झ्यालढोकाभन्दा युपिभीसी झ्यालढोका आधा सस्तो मूल्यमा पाइने र प्रयोगका हिसाबले आकर्षक देखिने भएकाले पनि पछिल्लो समयमा मानिसको ध्यान त्यसतर्फ बढी केन्द्रित भएको पाइन्छ ।
वातावरणमैत्री हिसाबले पनि युपिभीसी झ्यालढोका बढी राम्रो मानिन्छ भने यसलाई आकर्षक देखाउन रंगरोगन गरिरहनु पर्ने झन्झट रहँदैन । त्यसैगरी यसको प्रयोगले किरा तथा धमिरा लाग्ने चिन्ता नहुनुका साथै बढ्दो सहरीकरणका कारण हुने ध्वनि प्रदूषणबाट पनि मानिसलाई बचाउने हुँदा पछिल्लो समय गाउँघरमा भन्दा पनि सहरबजारमा यसको प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ ।
युपिभीसी झ्यालढोका ग्राहकले आफ्नो चाहना र रोजाइअनुसार सेतो रंगमा मात्र नभई काठजस्तै रंग वा अन्य रंगमा पनि अर्डर गर्न सक्ने व्यवसायी बताउँछन् । बस्नेत फर्निसीङ कुमारीपाटीका सञ्चालक राजेन्द्र बस्नेतका अनुसार ग्राहकले झ्यालढोकाको आकार, डिजाइन र परिमाणका आधारमा सेतो रंगको झ्याल प्रतिस्क्वायरफिट ६ सय ५० देखि ७ सय ५० रुपैयाँसम्म र ढोका प्रतिस्क्वायरफिट ८ सय ५० देखि ९ सय ५० रुपैयाँसम्म खरिद गर्न सक्छन् । त्यसैगरी काठ रंगमा झ्याल प्रतिस्क्वायरफिट १ हजार ५० देखि ११ सय ५० रुपैयाँसम्म र ढोका प्रतिस्क्वायरफिट १२ सय ५० देखि १३ रुपैयाँसम्ममा खरिद गर्न सकिछ ।
यस्ता झ्यालढोकाको हकमा करिब २० वर्षभन्दा बढी जडान वारेन्टी र यसको रंगमा १० वर्षसम्म वारेन्टी दिइने गरेको पनि उनले बताए ।
युपिभीसी झ्यालढोकामा ग्राहकले आफ्नो इच्छाअनुसार सिसा र जाली राख्न अर्डर गर्न सक्छन् । मूल्य सस्तो पर्ने लोभमा कम थिकनेस भएको प्रोफाइल प्रयोग गर्ने, ग्यालमोनाइज आइरन नराख्ने र झ्यालढोका निर्माण गर्दा सस्तो रेन्जको मेसिनले काम गराउने कार्य गर्नाले गुणस्तर घट्न सक्ने हुँदा त्यस्तो नगर्न उनको सुझाव छ । युपिभिसी एक किसिमको ठूलो इन्सुलेटर पनि भएकाले यसको प्रयोगबाट चिसो र तातो तापक्रम व्यवस्थापन गर्न सहयोग पुग्छ ।
काठमाडौं । गुलाब फूलमा लाग्ने प्रमुख किरा सुलसुले, लाही र थ्रिप्स हुन् भने मुख्य रोगमा डाउली मिल्ड्यु, पाउडरी मिल्ड्युरधुले ढुसी, बोट्राइटिस र कालो थोप्ले हुन् । यस्ता रोग तथा किराको नियन्त्रण गर्न रोकथाम, नियन्त्रण र उपचारात्मक विधि अपनाउनुपर्दछ ।
पुष्पविज्ञ डा. उमेद पुनका अनुसार अहिले नेपाल सरकारको सहयोगमा इन्सेक्ट नेट र राम्रो भेन्टिलेसनयुक्त नयाँ ग्रीन हाउस स्थापना भइरहेका छन् । यसबाट रोग तथा किराको असर धेरै कम गर्न सकिन्छ ।
सुलसुले : नेपालको हावापानीअनुसार गुलाब फूललाई सुलसुले किराले सबैभन्दा बढी नोक्सानी पु¥याउने गरेको पाइन्छ । फूलको पात सेतो वा खुजुमुजु र सुक्खा भएर झर्न थाल्यो भने सुलसुले किरा लागेको थाहा पाउनुपर्दछ । धेरै सानो हुने भएकाले यसलाई लेन्सको सहायताले मात्र देख्न सकिन्छ । सुरुआती अवस्थामा पातको पछाडिपट्टि देखिने भए पनि विस्तारै बिरुवाको मध्य र माथिल्लो भागमा असर गर्दछ । डा. पुनका अनुसार यो किरा काठमाडौंमा चैतदेखि जेठ र भदौदेखि कात्तिकसम्म बढी सक्रिय हुने गर्दछ । यसलाई नियन्त्रण गर्न बिरुवाको माथिबाट सबै पात भिज्ने गरी प्रशस्त मात्रामा सिँचाइ गरेमा सुलसुलेको संख्या घटाउन सकिन्छ । यसो गर्दा पनि नियन्त्रण नभए किटनाशक तेल वा नीमको तेलले उपचार गर्न सकिन्छ । किटनाशक विषादीको प्रयोग गर्दा सुलसुलेको प्राकृतिक शत्रु घटेर कहिलेकाहीं सुलसुलेको संख्या अधिक रूपमा बढ्ने हुनाले होसियार रहनुपर्दछ ।
लाही
यो किराले कोपिला, बढ्दै गरेको मुन्टा र डाँठमा बढी असर गर्दछ । काठमाडौंमा यो किराले चैतदेखि जेठ र भदौदेखि असोजसम्म बढी असर गर्दछ । सुरुआती अवस्थामा बिरुवाको लाहीलाई पखालेर पनि नियन्त्रण गर्न सकिन्छ । यसबाहेक कमिलाको चलखेल नियन्त्रण गरेर पनि लाहीको विस्तारलाई कम गर्न सकिन्छ ।
थ्रीप्स
यसले सीधै गुलाबको फूललाई आक्रमण गर्ने हुनाले फूलको आकार–प्रकार बिगार्ने र फूलमा खैरो रंगको धर्का देखिने गर्दछन् । यसबाहेक कालो वा पहेंलो रंगका स–साना थ्रीप्स फूलमा देखिन्छन् । सुक्खा महिनामा यसले फूललाई बढी असर गर्दछ । यसको नियन्त्रण गर्न किरा लागिसकेका फूललाई टिपेर नष्ट गर्नुपर्दछ । किराको बासस्थान हटाउन बिरुवाको वरपर उम्रिएका झारपात हटाउन आवश्यक छ । विषादी प्रयोग गर्नुपरे थ्रीप्सले फूलको कोपिलाभित्र असर गर्नुअघि नै प्रयोग गर्नुपर्दछ ।
पाउडरी मिल्ड्युर धुले ढुसी
ढुसीबाट लाग्ने यो रोगले नेपाली फूल किसानलाई सबैभन्दा बढी सताएको बताइन्छ । नयाँ पात, कोपिला र डाँठको सतहमा खरानीजस्तो सेतो धुलो देखापरे यो रोग लागेको थाहा पाउनुपर्दछ । योसँगै पात झर्ने र कोपिला फक्रन नसक्ने हुन्छ । वर्षैभरि जुनसुकै समय पनि यस रोगले आक्रमण गर्दछ ।
यो रोगबाट फूललाई छुटकारा दिन ग्रीन हाउसमा दिनको समयमा आद्रता बढी राख्ने र रातीको समय कम राख्नुपर्दछ । रोग लागेका डाँठ र पात नष्ट गर्न सरसफाइका विधि अपनाउनुपर्दछ । धुले ढुसी नियन्त्रण गर्न उपयुक्त हुने ढुसी नाशक विषादी प्रयोग गर्न सकिन्छ । यद्यपि सुरक्षाका लागि रासायनिक उपचारलाई अन्तिम अस्त्रको रूपमा प्रयोग गुर्नुपर्ने विज्ञहरू बताउँछन् ।
डाउनी मिल्ड्यु
यो पनि ढुसीजन्य रोग हो । यसले जमिनभन्दा माथि सबै भागका पात एवं डाँठलाई डढाएको देखिन्छ । पातमा लाग्ने दाग बैजनी वा खैरो रंगको हुन्छ । विस्तारै उक्त दाग वर्गाकार किसिमको भई पातलाई पहेंलो बनाएर झारिदिन्छ । यसको नियन्त्रण गर्न बगैंचाको सरसफाइमा विशेष ध्यान दिनुपर्दछ भने ग्रीन हाउसभित्र भेन्टिलेसन प्रणाली राम्रो बनाउनु जरुरी हुन्छ । रातको समय आद्रता कम राख्ने र आवश्यक परे विषादीको प्रयोग गर्नुपर्दछ ।
बोट्राइटिस
कोपिला र फूलमा खरानी र खैरो रंगको भुवादार वृद्धि देखिनु यो रोगको प्रमुख लक्षण हो । यसले कोपिलालाई फक्रनबाट रोक्दछ । पुष्पदलमा हल्का रंगका दाग पनि देखिन्छन् । तापक्रम मध्यम एवं सापेक्षिक आद्रता बढी भएको समय यो रोगको प्रक्रोप बढी हुन्छ । यसको नियन्त्रण गर्न बगैंचाको सरसफाइमा ध्यान दिनुपर्दछ । माटोको सतहमा थोपा सिँचाइमार्फत पानी दिनुपर्दछ भने पातमा पानी पर्न दिनुहुँदैन ।
कालो थोप्ले
वसन्त ऋतुमा तथा गर्मीयाममा यस रोगले बिरुवालाई आक्रमण गर्दछ । पहेंलोले घेरिएका गोला कालो थोप्ला भएको लक्षण पातमा देखिए बिरुवाको बढ्ने क्रम रोकिनुका साथै निकै न्यून गुणस्तरको फूल फुल्छ । यो रोगबाट फूललाई जोगाउन रोग लागेका डाँठ हटाउने र नष्ट गर्ने कार्य गर्नुपर्दछ भने दिनको उत्तराद्र्धमा पातलाई सुक्खा राख्नुपर्दछ ।
बीबीसी–भारतको गंगा नदीको पानीका विशेषताबारे प्रायः यस्ता कुरा सुन्न पाइन्छः गंगाको पानी बिग्रिदैन, त्यसमा किरा पर्दैन, त्यसबाट दुर्गन्ध आउँदैन, आदि इत्यादि।
गंगा नदीमा ढल मिसिएका छन्,...
आजभोलि धेरै मानिसले प्राकृतिक वस्तुको प्रयोगमा जोड दिन थालेका छन् । प्राकृतिक रेसाबाट तयार गरिएका र हाते तानबाट बुनेका कपडा धेरैको रोजाइमा पर्न थालेका छन् । ढाका, खाँडी, अल्लो, गाँजा, बाँस, केरा, रेसम किरा, च्यांग्रा, भेडा, खरायोजस्ता प्राकृतिक झार तथा जीवका भुवाबाट तयार पारिएका कपडालाई परिमार्जित गरिएका उत्पादन फेसनका लागि डिजाइनरको रोजाइमा पर्छन् । सारी, सल, स्कार्फ, दौरासुरुवाल, कोट, प्यान्ट, सर्ट, टिसर्ट, कुर्तादेखि वानपिसजस्ता आधुनिक ड्रेससमेत बन्छन् यस्ता फेब्रिकबाट ।