वातावरणमैत्री र कम लागतले बढाउँदै युपिभीसी झ्यालढोकाको प्रचलन

काठमाडौं । हिजोआज घर निर्माण गर्दा प्लास्टिक अथवा युपिभिसी झ्याल राख्ने चलन बढ्दै गएको छ । सबै मानिसलाई आफ्नो घर आकर्षक र चिटिक्क देखाउन मन हुन्छ । त्यसैले सबैभन्दा पहिला घरमा के–कस्ता झ्यालढोका प्रयोग गर्ने भन्नेबारे जानकारी राख्नु आवश्यक हुन्छ । काठको झ्यालढोकाभन्दा युपिभीसी झ्यालढोका आधा सस्तो मूल्यमा पाइने र प्रयोगका हिसाबले आकर्षक देखिने भएकाले पनि पछिल्लो समयमा मानिसको ध्यान त्यसतर्फ बढी केन्द्रित भएको पाइन्छ । वातावरणमैत्री हिसाबले पनि युपिभीसी झ्यालढोका बढी राम्रो मानिन्छ भने यसलाई आकर्षक देखाउन रंगरोगन गरिरहनु पर्ने झन्झट रहँदैन । त्यसैगरी यसको प्रयोगले किरा तथा धमिरा लाग्ने चिन्ता नहुनुका साथै बढ्दो सहरीकरणका कारण हुने ध्वनि प्रदूषणबाट पनि मानिसलाई बचाउने हुँदा पछिल्लो समय गाउँघरमा भन्दा पनि सहरबजारमा यसको प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ । युपिभीसी झ्यालढोका ग्राहकले आफ्नो चाहना र रोजाइअनुसार सेतो रंगमा मात्र नभई काठजस्तै रंग वा अन्य रंगमा पनि अर्डर गर्न सक्ने व्यवसायी बताउँछन् । बस्नेत फर्निसीङ कुमारीपाटीका सञ्चालक राजेन्द्र बस्नेतका अनुसार ग्राहकले झ्यालढोकाको आकार, डिजाइन र परिमाणका आधारमा सेतो रंगको झ्याल प्रतिस्क्वायरफिट ६ सय ५० देखि ७ सय ५० रुपैयाँसम्म र ढोका प्रतिस्क्वायरफिट ८ सय ५० देखि ९ सय ५० रुपैयाँसम्म खरिद गर्न सक्छन् । त्यसैगरी काठ रंगमा झ्याल प्रतिस्क्वायरफिट १ हजार ५० देखि ११ सय ५० रुपैयाँसम्म र ढोका प्रतिस्क्वायरफिट १२ सय ५० देखि १३ रुपैयाँसम्ममा खरिद गर्न सकिछ । यस्ता झ्यालढोकाको हकमा करिब २० वर्षभन्दा बढी जडान वारेन्टी र यसको रंगमा १० वर्षसम्म वारेन्टी दिइने गरेको पनि उनले बताए । युपिभीसी झ्यालढोकामा ग्राहकले आफ्नो इच्छाअनुसार सिसा र जाली राख्न अर्डर गर्न सक्छन् । मूल्य सस्तो पर्ने लोभमा कम थिकनेस भएको प्रोफाइल प्रयोग गर्ने, ग्यालमोनाइज आइरन नराख्ने र झ्यालढोका निर्माण गर्दा सस्तो रेन्जको मेसिनले काम गराउने कार्य गर्नाले गुणस्तर घट्न सक्ने हुँदा त्यस्तो नगर्न उनको सुझाव छ । युपिभिसी एक किसिमको ठूलो इन्सुलेटर पनि भएकाले यसको प्रयोगबाट चिसो र तातो तापक्रम व्यवस्थापन गर्न सहयोग पुग्छ ।

सम्बन्धित सामग्री

जापानले बनायो विश्वकै पहिलो वातावरणमैत्री काठको भूउपग्रह

जापानी वैज्ञानिकहरूले संसारको पहिलो काठको भूउपग्रह बनाएका छन् । यसलाई अमेरिकी रकेटबाट अन्तरिक्षमा प्रक्षेपण गर्ने तयारी भइरहेको छ । बेलायती सञ्चारमाध्यम ‘द गार्डियन’का अनुसार क्योटो विश्वविद्यालयका एरोस्पेस इन्जिनियरहरूले यसलाई बनाएका हुन् । लिगरोस्ट नाम दिइएको भूउपग्रहले अन्तरिक्ष प्रदूषण कम गर्नेछ र यसबाट बनेको काठ सजिलै भाँचिदैन । मङ्गोलियन काठ प्रयोग अन्तरिक्षमा धेरै देशका भूउपग्रह छन् …

साकेलाको वातावरणमैत्री हरित अभियान

बढ्दा जलवायु परिवर्तनलाई कम गर्दै वातावरण बचाउका लागि खोटाङको साकेला गाउँपालिकाले ‘वातावरणमैत्री हरित अभियान’ सञ्चालन गरेको छ। गत वर्षदेखि सुरु भएको सो अभियानलाई यस वर्ष पनि गाउँपालिकाले निरन्तरता दिन थालेको हो।...

‘विद्युतीय गाडी चलाउन सजिलो, खर्च पनि निकै कम हुने रहेछ’

काठमाडौं । हिजोआज मुलुकमा विद्युतीय सवारीसाधनको चर्चा निकै छ । पेट्रोल–डिजेलको पैसा बच्ने, इन्धनको दाँजोमा बिजुलीको बिल नगण्य उठ्ने, वातावरणमैत्री हुने, मर्मतसम्भार पनि खासै गर्नु नपर्ने, कर छुटलगायत थुप्रै फाइदा विद्युतीय सवारीसाधनको हुने बताइन्छ । अहिले नयाँ सवारीसाधन किन्न खोज्ने धेरैको झुकाव इलेक्ट्रिक गाडीमा देखिन्छ । तर अझै पनि कतिपय भने यसमा विश्वस्त हुन सकेको […]

जलवायु परिवर्तन तथा वातावरणमैत्री लगानी

‘कार्बन उत्सर्जन र यसको असर’को विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूले विभिन्न कार्यक्रम, गोष्ठी तथा सेमिनारहरू गर्दै आइरहेका छन् । साथै यस विषयमा विभिन्न मिडिया तथा आमसञ्चारको माध्यमबाट जानकारीमूलक सूचना सम्प्रेषण भइरहे पनि नागरिकले कार्बन उत्सर्जन र यसको प्रत्यक्ष असरका बारेमा जेजति चासो लिनुपर्ने हो त्यति ध्यान दिइएको पाइँदैन ।सरकारी तवरबाट वातावरण प्रदूषण कम गर्नका लागि […]

‘वातावरण बचाउन महिलाको महत्वपूर्ण भूमिका हुन्छ’

काठमाडौं । जलवायु परिवर्तनको असर कम गर्न वातावरणमैत्री समाज निर्माण आवश्यक भएकोमा विज्ञहरुले जोड दिएका छन् । जलवायु परिवर्तन सम्बन्धी बौद्ध महिला संघ नेपालले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा उनीहरुले जलवायु परिवर्तनले महिलाको जीवन धेरै प्रभावित भएको तथ्यांक प्रस्तुत गरे । त्यसैले जलवायु परिवर्तनको असर कम गर्न र वातावरण बचाउन महिलाको महत्वपूर्ण भूमिका हुनेमा उनीहरुले जोड […]

होटलमा प्लास्टिकजन्य सामानको प्रयोग कम गरिने

होटल संघ नेपालले सदस्य होटलका कोठामा कमभन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्रीहरू प्रयोग नहोस् भन्ने अभियान घोषणा गरेको छ  । विश्वलाई नै आक्रान्त बनाउँदै गएको जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्वमाझ प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले होटल संघ नेपालले आफ्ना सदस्य होटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरूलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने उद्देश्य

महिनावारी स्वच्छतालाई बुझाउन एक्सपोज नेपालले कार्यक्रम गर्दै

उनले भने, पुनः प्रयोग गर्न मिल्ने प्याड जुन रसायन रहित, वातावरणमैत्री, कम खर्चिलो, स्वस्थकर तथा वातारणमैत्री प्याड र साइकलको सम्बन्ध जोडेर यसको माध्यमबाट धेरै पुरुषहरुलाई महिनावारी चेतना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेका छौँ।

कार्बन उत्सर्जन कम गर्न हरियाली अभियान

दैलेख- जलवायु अनुकुलन वातवरणमा कार्बन उत्सर्जन कम गर्नुका साथै आर्थिक समृद्धिका लागि दैलेखको दूललु नगरपालिकाका कृषकलाई हरियाली अभियानमा उत्प्रेरित गर्न थालिएको छ । हरित कृषि प्रविधिले जलवायु स्वंयम वातावरणमैत्री कृषि पद्दतिमार्फत कृषि गतिविधिहरुबाट निस्कने हरितगृह ग्यास उत्सर्जन कम गर्ने उद्देश्यले व्यावसायिक प्राङ्गारिक मसलाबाली खेतीको अभियान थालिएको हो ।जलवायु अनुकुलन खेती गरी खाद्य सुरक्षामा सहयोग पु-याउने […]

वातावरणमैत्री इँटा उद्योगमा उद्योगीको आकर्षण बढ्दै

पछिल्लो समय वातावरणमैत्री उद्योगमा लगानीकर्ताको आकर्षण बढ्दै जान थालेको छ । लगानी पनि सस्तो हुने र धुँवारहित तथा ध्वनि कम हुने, कम क्षेत्रफलमा उद्योग सञ्चालन गर्न सकिने भएपछि इँटा बनाउनका लागि वातावरणमैत्री ‘गुड ब्रिक्स सिस्टम’ अपनाउन थालिएको हो ।पछिल्लो समय वातावरणीय प्रदूषणका कारण मानवीय स्वास्थ्यमा नकरात्मक असर पर्नुका साथै वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जनको मात्रा बढ्न […]

इन्टरलक इँटाले बनाउँछ भूकम्पीय प्रतिरोधात्मक र वातावरणमैत्री भवन

काठमाडौं । नेपालमा ०७२ को भूकम्पले पु¥याएको मानवीय क्षति र भौतिक संरचनाको आँकडाले अहिलेसम्म जोकसैलाई झस्काउने गरेको छ । भूकम्प आउनुअघि विज्ञहरूको चेतावनीलाई गहन रूपमा लिएर सुरक्षित आवास निर्माणमा ध्यान दिन सकेको भए यति धेरै क्षति बेहोर्नुपर्ने थिएन । भूकम्पीय क्षतिपछि पुनर्निर्माणसँगै भूकम्पीय प्रतिरोधात्मक भवन निर्माणसम्बन्धी विस्तृत अध्ययन सुरु भए । विभिन्न विज्ञहरूको खोज अनुसन्धानबाट प्रथमतः ढुंगा र माटोबाट भूकम्पीय प्रतिरोधात्मक भवन निर्माण विधि बन्यो र सोहीअनुसार भवन निर्माण भए, गरिँदै छन् । त्यसका अलावा विभिन्न स्वतन्त्र अध्ययनबाट एएसी ब्लक, इन्टरलक इँटा, फेब्रिकेटेडलगायतबाट सुरक्षित भवन निर्माण गर्न सकिने प्रविधि र सामग्री उपलब्ध हुन थालिसकेका छन् । भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि इन्टरलक इँटाको महत्वबारे जानी राखौं । सस्तो, टिकाउ, सुलभ, बलियो र छोटो समयमै भूकम्प प्रतिरोधात्मक भवन निर्माण सबैको चाहना हुने गर्छ । यसलाई केही हदसम्म पूरा गरिदिएको छ, विल्ड अप नेपालले । रातो इँटा उपलब्ध नहुने स्थानमा समेत इन्टरलक इँटा उत्पादन गर्न सकिन्छ । उद्योग सञ्चालन गर्न चाहनेलाई चार दिने तालिम र मेसिन उपलब्ध गराएर उद्यमी बन्न सहयोग पु¥याएको छ । सामान्य इँटाजस्तोे पोल्न नपर्ने भएकाले यसलाई वातावरणमैत्री मानिन्छ । यो माटो, बालुवा र सिमेन्टको प्रयोग गरेर निर्माण गरिन्छ, जसले इन्सुलेसनको कार्य गर्दछ । माटोमा तातो र चिसो सोस्ने गुण हुने भएकाले गर्मी र चिसोबाट सुरक्षित राख्न सहयोग पु¥याउँछ । सरकारले तोकेको इँटाको मापदण्ड ३.५ एमपिए (मेगापासकल) हो जबकि यसको मापदण्ड १५ एमपिएसम्म छ । यो इँटाको प्रमुख विशेषता भनेकै कम खर्चमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण हो । अन्य इँटाभन्दा यो इँटाबाट २५ प्रतिशत कम खर्चमा भवन निर्माण गर्न सकिन्छ । सिमेन्ट र बालुवाको मात्रा प्रयोग कम हुनु र इँटाको फिनिसिङ राम्रो भएका कारण प्लास्टर गर्नुपर्ने झन्झट पनि हुँदैन । यस्तो इँटा साइज ९ इन्च र ६ इन्चको साइजमा उपलब्ध हुने गरेको छ । साइज ठूलो र वाल निर्माण गर्न सजिलो भएका कारण अन्य इँटामा भन्दा कम मजदुरको प्रयोगबाट भवन निर्माण गर्न सकिन्छ । यस इँटाबाट कम खर्चमा भवन निर्माण हुनुमा सिमेन्टको कम प्रयोग, प्लास्टर गर्नु नपर्ने र कम कामदारको प्रयोग गरे हुनु रहेको छ । इन्टरलक इँटा भूकम्प प्रतिरोधात्मक हुनुको प्रमुख कारणमा पहिलो, यसको बनाबट नै दुई वटा इँटा एकापसमा जोड्न मिल्ने गरी बनाइएको हुन्छ । दोस्रो, इँटाको बीचमा दुई वटा प्वाल राखिएको हुन्छ, जसको प्वालमा डण्डी राखिन्छ । सो प्वालमा सिमेन्टको घोल राखिन्छ, जसले गर्दा इँटालाई बाँधेर राख्ने काम गर्दछ र वाल बलियो बनाउँछ । यसले गर्दा वाल हल्लिन पाउँदैन र भूकम्पले क्षति पुर्‍याउन सक्दैन । के हो इन्टरलक इँटा ? इन्टरलक इँटा दुई किसिमले उत्पादन हुने गरेको छ । पहिलो, माटो, सिमेन्ट र बालुवाको मिक्सबाट बनाउने गरिन्छ । अर्को, धुलो र सिमेन्टको मिक्सबाट बनाउने गरिन्छ । यो धुलो गिटी बनाउने क्रसर उद्योगबाट आउने धुलो प्रयोग गरिन्छ । तर, नेपालमा विशेषगरी माटो, सिमेन्ट र बालुवाको प्रयोगबाटै इँटा बनाउने गरिएको छ । यो रातो इँटाजस्तो पोल्नुपर्दैन । बालुवा, सिमेन्ट र माटोको मिश्रणलाई मेसिनमा राखिन्छ र बिजुलीको करेन्ट हिटिङमार्फत पकाउने कार्य हुन्छ । सो इँटालाई प्रेस गरेर मेसिनबाट बाहिर निकालिन्छ । बाहिर निकालेको २४ दिनसम्म छायामा राखिन्छ र २१ दिनसम्म क्युरिङ गरिन्छ । त्यसपछि मात्र प्रयोग गर्न उपयुक्त मानिन्छ । यसको विशेषता भनेको स्थानीय क्षेत्रमै उत्पादन गर्न सकिन्छ । बिल्ड अप नेपालका अधिकारी इन्द्रका अनुसार बालुवायुक्त खस्रो माटोमा यो इँटा बनाउन सकिन्छ । चिम्टाइलो र बढी लेसिलोयुक्त माटोमा बनाउन मिल्दैन । त्यसैले खस्रो माटो भएको स्थानमा जहाँ पनि उत्पादन गर्न सकिने भएकाले स्थानीय रूपमा समेत उत्पादन गर्न सकिन्छ । त्यसकारण पनि यो इँटा नेपालको धेरै जिल्लामा उत्पादन भइरहेको छ । यसको उद्योग सञ्चालन गर्न अन्य उद्योगजस्तो ठूलो क्षेत्र नचाहिने, एक–दुई जनाले नै मेसिन सञ्चालन गरेर उत्पादन गर्न सकिने भएकाले पनि यसको उत्पादन लागत अन्य इँटाको तुलनामा कम हुन्छ । दुर्गम क्षेत्रमा समेत उत्पादन गर्न सकिने र भूकम्प प्रतिरोधात्मक भएकाले नेपालका लागि यो इँटाको प्रयोग गरेर भवन निर्माण गर्नु बुद्धिमानी हुन्छ ।