तिहार सुरुभएसँगै पालैपाले रोटी पकाउन व्यस्त महिला

टीकापुर । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला एक साताअघिदेखि नै रोटी पकाउन जुट्ने गर्दछन् । टीकापुरकी प्रगति जैसी र उनको साथीले एक साताअघिबाट रोटी पकाउन सुरु गरेका छन् । उनीहरू पालैपालो सबैका घरमा रोटी पकाइरहेका छन् । ‘हामी हरेक वर्ष […]

सम्बन्धित सामग्री

झिनियाँ बेचेर मनग्य आम्दानी, तिहारमा पाँच लाख कमाउने लक्ष्यमा उद्यमी !

गलकोट । तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् ।  झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने परिकारसमेत स्थानीयले खरीद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका हुन् ।  विगत १० वर्षदेखि तिहार नजिकिएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत रोटीका परिकार बनाउन व्यस्त भएको बागलुङ नगरपालिका–१ रामरेखाका शर्मिला श्रेष्ठले बताइन् । ‘तिहार नजिकिँदै आएसँगै झिनियाँको कारोबार उच्च छ । अहिले म जस्ता दर्जनौं महिला झिनियाँसहितका रोटीका परिकार विक्री गरेर मनग्य आम्दानी गरिरहेका छौं,’ उनले भने, ‘तिहारमा मात्रै रू चार/पाँच लाखको झिनियाँसहित अन्य तयारी रोटीको कारोवार हुन्छ ।’ यस्तै १२ वर्षदेखि बागलुङ नगरपालिका–१ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका रोटीका परिकार बनाउँदै आएकी मिरा श्रेष्ठले रोटीका परिकारको विक्री भइरहेको बताइन् । उनले यसपटक सेतो झिनियाँको उत्पादन बढाइएको जानकारी दिइन् ।  हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहारका अवसरमा प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । सिजनको व्यापारमा कमाएको रकमले वर्षभरि घरखर्च पुग्ने उद्यमीहरूको भनाइ छ ।  मिराले विगत १२ वर्षदेखि झिनियाँ, चिनी, फिनी, सेल र भेली रोटी तथा खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल भएकी छन् । ‘तिहारमा झिनियाँको व्यापार बढी हुन्छ । तिहार नआउँदै बाटर झिनियाँ बनाउँदै सुकाउन निकै व्यस्त भइन्छ । पहिला जस्तो नाफा त छैन, चामालको मूल्य बढेपछि नाफा थोरै भएको हो,’ मिराले भनिन्, ‘पछिल्लो समय झिनियाँसँगै चिनी तथा फिनी र तयारी सेल रोटीको माग उच्च छ । यसपटक पानी नपरेकाले झिनियाँ सुकाउन समस्या भएन । झिनियाँको माग अनुसार निर्माण गर्न समस्या छ ।’  मिरासँगै उनका श्रीमान् र छोराले दशैंअघिदेखि रातदिन नभनेर विभिन्न रोटीका तयारी परिकारहरू बनाइराखेका छन् । तिहारका समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई भ्याइनभ्याइ छ । बजारका अधिकांश तयारी रोटीको माग महिला उद्यमीहरूले धान्दै आएका छन् ।  मिराले तिहारको सिजनमा झिनियाँसहित अन्य तयारी परिकार विक्रीबाट रू सात लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिइन् । नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमासमेत तयारी रोटीको माग रहेको उनको भनाइ छ । रङ्ग मिसाइएको झिनियाँ रोटी उत्पादन नगर्न जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेपछि यसपटक धेरै महिला उद्यमीले सेतो झिनियाँ उत्पादन बढाएका छन् ।  रङ्ग मिसाइएको परिकारका कारण घातक रोग लाग्न सक्ने भन्दै सप्तरङ्गी झिनियाँ उत्पादन नगर्न बागलुङ नगरपालिकाले समेत अनुरोध गरेको छ । उपभोक्ताले भने रङ्ग मिसिएकै झिनियाँ बढी माग गर्ने उद्यमीको भनाइ छ । उद्यमीले खाद्य रङ्ग मिसाए पनि तेलमा तार्दा रङले स्वास्थ्यमा असर गर्ने भन्दै सादा झिनियाँ उत्पादन गर्न आग्रह गरिएको छ ।  बागलुङमा थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा रू दुई सय ५० र सानोमा रू एक सय ४० मा विक्री हुँदै आएको छ । खुद्रा र होलसेल गरी दुईथरी मूल्य कायम गरेर विक्री भइरहेको छ । यस्तै, चिनी रोटी रू ८०, फिनी रू ७०, भेली रू ५० र नमकिन रू ५० मा विक्री भइरहेको छ । रासस

महिलालाई आत्मनिर्भर बनाउँदै पर्वलक्षित हाट

विराटनगर : किनमेलका लागि आउने जानेको लर्को सकिने छाँटकाँट थिएन। अरु वेला पनि उत्तिकै व्यस्त रहने विराटनगरको पुरानो गुद्री बजार तिहार नजिकिएसँगै झनै व्यस्त र पाइलै हाल्न नसकिने गरी भीडम्भिड थियो। किनमेल गर्नेको भीड उर्लिएको बजारमा चाडपर्वलक्षित सामग्री बेचबिखन गर्नेमध्ये अधिकांश महिला देखिन्थे। गुद्रीको त्यही भीडको एउटा कुनामा मेरो आँखा पुगेपछि क्यामेराले पनि पछ्यायो। तस्वीर लिँदै गर्दा उनले मुसुक्क हाँस्दै भनिन्, ‘दिदी फेसबुकमा चैँ नहाल्दिनु ल!’उनीस

झिनियाँको माग थेग्नै गाह्रो

बेनी नगरपालिका–८, हस्पिटलचोककी महिला उद्यमी भुलकुमारी रोका अहिले तिहार पर्वका लागि झिनियाँ बनाउने काममा निकै व्यस्त छिन्।...

पालैपालो रोटी पकाउन व्यस्त टीकापुरका महिला

नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला एक साताअघिदेखि नै रोटी पकाउन जुट्ने गर्दछन् । टीकापुरकी प्रगति जैसी र उहाँको साथीले एक साताअघिबाट रोटी पकाउन सुरु गरेका छन् । उहाँहरू पालैपालो सबैका घरमा रोटी पकाइरहेका छन् । “हामी हरेक वर्ष तिहारमा रोटी …

पालैपालो रोटी पकाउन व्यस्त महिला

काठमाडौँ,६ कार्तिक । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला एक साताअघिदेखि नै रोटी पकाउन जुट्ने गर्दछन् । टीकापुरकी प्रगति जैसी र उनको साथीले एक साताअघिबाट रोटी पकाउन सुरु गरेका छन् । उनीहरू पालैपालो सबैका घरमा रोटी पकाइरहेका छन् । “हामी हरेक […]

झिनियाँ बनाउनमा व्यस्त म्याग्दीका महिला उद्यमी (फोटोफिचर)

म्याग्दी – जिल्लाको बेनी नगरपालिका–८, हस्पिटलचोककी महिला उद्यमी भुलकुमारी रोका अहिले तिहार पर्वका लागि झिनियाँ बनाउने काममा निकै व्यस्त हुनुहुन्छ । बिहान उठेदेखि साँझसम्म झिनियाँलाई पानी तताउने, चामलको पीठो खुड्ने (ढिँडो मस्काउने), मेसिनमा राखेर पेल्ने, झिनियाँ बनाउने, सुकाउने र उठाउने उहाँको दिनचर्या बनेको छ । २०६० सालबाट झिनियाँ बनाउने काम सुरु गर्नुभएकी रोकाले पछि बिस्तारै व्यावसायिक रुपमा झिनियाँ बनाउन थाल्नुभएको हो । सुरुवातको समयमा सामूहिक रुपमा पाँच जनाले झिनियाँ बनाएकोमा अहिले उहाँसँगै थ...

माला बनाउने चटारो (तस्बिरहरू)

दाङ । दाङको घोराही उपमहानगरपालिका–१५, भरतपुरस्थित फूलखेतीमा संलग्न महिला अहिले माला बनाउन व्यस्त छन् । तिहार नजिकिएसँगै उनीहरूलाई फूलको माला बनाउन भ्याइनभ्याइ भएको हो । यहाँ चारजनाले व्यावसायिक फूलखेती गर्दै आएका छन् । थप तस्बिर हेर्नोस्–

पाला बनाउन व्यस्त भक्तपुरका कुमाल समुदाय (फोटो फिचर)

भक्तपुर : तिहार नजिकिएसँगै बजारमा माटोको दियो ‘पाला’को माग दिनानुदिन बढ्दो छ। यही माग धान्न भक्तपुरका कुमाल समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ छ। पालाको माग धान्न कुमााले परिवारका महिला तथा पुरुष मात्र होइन केटाकेटीहरु समेत पाला निर्माणको तयारीमा जुटेका छन्…

एउटै गाउँबाट तीन करोडको मखमली माला बिक्री

तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पुर्याउन व्यस्त छन् ।