‘मेक इन नेपाल-स्वदेशी’ अभियानको शुभारम्भ :  हरेक वर्ष हजार उद्योग सञ्चालन गरी डेढ लाख रोजगारी सिर्जना गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुभारम्भ गरेका छन् । नेपाल उद्योग परिसंघ

सम्बन्धित सामग्री

गरे के हुँदैन : गाउँमै मासिक डेढ लाख कमाउँछन् धनकुटाका कमल

धनकुटा : महालक्ष्मी नगरपालिका–१ मारेकका कमल अधिकारीले १५ लाख रूपैयाँ लगानी गरेर गाउँमै गाईपालनसँगै छुर्पी उद्योग चलाएर राम्रो आम्दानी गरिरहेका छन्।सुरुमा केही गाई पाल्न सुरु गरेका अधिकारीले नमुना गाई फर्म दर्ता गरेर डेरी उद्योग सञ्चालन गरिरहेका छन्। विसं २०७४ देखि नै डेरी उद्योग चलाउन थालेका उनले सुरुमा आफ्नै फर्ममा उत्पादित ६० लिटर दूधबाट व्यवसाय थालेका थिए। करिब डेढ वर्ष आफ्नै फर्मको दूधबाट मात्रै उद्योग सञ्चालन गरेका उनी अहिले आफ्नो र गाउँलेको गरी दैनिक १ हजार २ सय लिटर दूध प्रशोधन

गाईपालन र छुर्पी उद्योगबाट मासिक डेढ लाख आम्दानी

भदौ २९, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेकका कमल अधिकारीले १५ लाख रुपैयाँको लागतमा गाउँमै गाईपालनसँगै छुर्पी उद्योग व्यावसायबाट राम्रो आम्दानी गरिरहेका छन् । शुरुमा केही गाईबाट व्यवसाय शुरु गरेका अधिकारीले नमूना गाईफार्म दर्ता गरेर डेरी उद्योग नै सञ्चालन गरिरहेका छन् ।  विसं २०७४ देखि नै डेरी उद्योग व्यवसाय सञ्चालन गरेका अधिकारीले शुरुमा आफ्नै फर्ममा उत्पादित ६० लिटर दूधबाट व्यवसाय शुरु गरेका थिए । करीब डेढ वर्ष आफ्नै फर्ममा उत्पादित दूधबाट मात्रै उद्योग सञ्चालन गरेका अधिकारीले अहिले आफ्नो गोठ र गाउँका कृषकको गरी दैनिक एक हजार २०० लिटर दूध प्रशोधन गर्ने गरेको बताए ।  उत्पादित छुर्पीलाई बजारको कुनै समस्या छैन । यहाँ उत्पादन भएको छुर्पी, घ्यू धनकुटा लगायत पूर्वी तराईका जिल्ला सहित भारत, कोरिया, अमेरिका लयातका मुलुकमा निर्यात हुने गरेको छ । छुर्पी खरीदका लागि व्यापारीहरू उद्योगसम्मै आउने गरेका छन् । उद्योगबाटै छुर्पी प्रतिकिलो ८०० रुपैयाँ र घ्यू प्रतिकिलो ५०० रुपैयाँमा विक्री हुने गरेको छ । ४ वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका अधिकारी गाउँमै मनग्य आम्दानी गर्न सफल भएका छन् । गाईपालन र डेरी उद्योगमा मासिक १५ लाख दूध अन्य किसानको खरीद गर्ने बताउने अधिकारीले मासिक ३ लाख आम्दानी गरेको भएपनि खर्च कटाएर मासिक एक लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने गरेको बताए ।  हुन त युरोपका बजारमा छुर्पीको माग बढेपछि पूर्वी नेपालको पहाडी जिल्लामा दुग्ध प्रशोधन उद्योग खुल्ने क्रम निकै बढेको छ। तरपनि अधिकारीले गाईको दूधबाट बनाइने छुर्पीको माग धान्न नसकेको बताउँछन् । अधिकारीले आफ्नो उद्योगमा दूधका अन्य परिकार समेत बनाइरहेका छन् । यसरी भयो उद्योग स्थापना गाउँका किसानले उत्पादन गरेको दूध विक्री नभएपछि गाउँलेको समेत दूध खरीद गरेर छुर्पी उद्योग सञ्चालन गरेको अधिकारीले बताउँछन् । शुरुमा सुनसरीको एक सहकारीले गाउँमा आएर किसानहरुसँग वार्षिक कति दूध विक्री गर्ने भनेर सम्झौता गरेको र पछि दूध धेरै भएको सो सहकारीले नलिएपछि आफैं उद्योग स्थापना गरेको अधिकारीले बताए । उद्योग स्थापनाका शुरुका दिनमा काम नजानेर धेरै सामान खेर गएको अधिकारीको भनाइ छ ।  डेढ वर्षसम्म आफूलाई दुग्ध परिकार बनाउन सिक्नै लागेको अब केही जान्दछु भनेर अन्य किसानको दूध संकलन गर्न थालेको अधिकारीले बताए । उनले छुर्पी उद्योगसँगै आफ्नै गाई फर्ममा देनिक १७० लिटर दूध उत्पादन गर्दै आएका छन् ।   किसानलाई सहज गाउँमै छुर्पी उद्योग स्थापनासँगै महालक्ष्मी १ का किसानले उत्पादन गरेको दूधले बजार पाउन निकै सहज भएको छ । दुग्ध विकास संस्थान र कामधेनु सहकारी सुनसरीले आफूलाई आवश्यक पर्दा मात्रै दूध लाने गरेको बताउने किसानहरु गाउँमै स्थापना भएको उद्योगले दूध खरीद गर्न थालेपछि खुशी भएका छन् । उद्योगले दूध खरीद गर्न थालेपछि आम्दानीको मुख्य स्रोतको रुपमा पशुपालन रोज्न शुरु गरेका छन् ।  यहाँका किसानले दैनिक कम्तिमा १५ लिटर दूध उत्पादन गर्न थालेका छन् । भनेको बेला विक्री नभएको दूध सहज रुपमा विक्री हुन थालेपछि किसानलाई राहत मिलेको स्थानीय राजेन्द्र थापाले जानकारी दिए । उद्योगले गाईको दूध प्रतिलिटर ३५ र भैँसीको ४५ रुपैयाँमा खरीद गरिरहेको छ । गाउँमै छुर्पी उद्योग सञ्चालनमा आएपछि दूधको खपत पनि बढेको किसानको भनाइ छ ।

एक अर्बको लगानीमा स्टील उद्योग

नवलपरासीमा झन्डै एक अर्ब लगानीमा स्टील उद्योग स्थापना हुने भएको छ । ६ करोड रुपैयाँ लगानीमा नेपाल स्टील प्रालि नामको उद्योग स्थापना हुन लागेको हो । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका लगानीकर्ताको समूहले उद्योग स्थापनाको तयारी गरेको हो । ‘एक वर्षभित्र उद्योग सञ्चालन गर्ने योजनामा छौं,’ कम्पनीका अध्यक्ष गुरुङले भने । उद्योग विभागले नेपाल स्टीललाई उद्योग स्थापनाका लागि चैत ४ गते नै अनुमति प्रदान गरेको छ । नवलपरासीको तिलकपुरमा स्थापना हुने उक्त उद्योगको स्टील उत्पादन क्षमता वार्षिक १ देखि डेढ लाख मेट्रिक टन रहने बताइएको छ । स्टील उद्योगमा मीनबहादुर गुरुङसहित आनन्द नेपाल, तेन्जिङ सोनाम लामा र स्वरूप गुरुङको लगानी रहेको छ । उद्योगको प्लान्टलगायतका उपकरण खरिदका लागि प्रतीतपत्र (एलसी) खोल्ने काम भइसकेको अध्यक्ष गुरुङले जानकारी दिए । कात्तिक/मंसिरसम्म उद्योगको भौतिक पूर्वाधार निर्माणको काम पूरा गर्ने योजना रहेको उनले बताए । स्टील उद्योगले फलामे छड तथा फलामसम्बन्धी अन्य उत्पादन गर्ने बताइएको छ ।     वर्ष ५, अंक ४४, २०६७, असार २१– २२