म्याद नाघेको उद्योग सञ्चालन गर्न ६ महिना, ठूला उद्योगले प्रतिवर्ष डेढ लाख तिर्नुपर्ने

काठमाडौं। सञ्चालन हुने भनेर सुरुमा घोषित मितिमा सञ्चालनमा नआएको वा म्याद गुज्रेका उद्योगको सञ्चालन म्याद थप गर्न उद्योग विभागले सूचना

सम्बन्धित सामग्री

ऐनकै दफा भन्छ, ‘नेपालमा उद्योग खोल्ने वातावरण नै छैन’

नेपालमा औद्योगिक वातावरण छैन भन्ने प्रमाण ‘औद्योगिक व्यवसाय ऐन–२०७६’ले नै पुष्टि गरेको छ । उक्त ऐनको दफा ९ मा सञ्चालन म्यादको व्यवस्था छ । तर, उक्त व्यवस्थाले सञ्चालन म्यादमा अंकुश लगाउँदा उद्योगमा लगानी ‘फसाएका’हरुको बिचल्लि हुने अवस्था छ ।औद्योगिक व्यवसाय ऐन–२०७६ को दफा ९ (७) अनुसार उद्योगको प्रकृति हेरेर सञ्चालन म्याद तय हुने व्यवस्था छ ।उदाहरणका लागि, कुनै उद्योग १ वर्षभित्र सञ्चालनमा आउने गरी उद्योग विभागमा दर्ता भयो । उक्त उद्योग १ वर्षभित्र सञ्चालनमा आउन नसक्ने भयो भने सञ्चालन म्याद सकिनु कम्तीमा ३० दिन अगाडी कारण खुलाएर १ उद्योग विभागमा निवदेन दिएमा पुनः १ वर्ष सञ्चालन म्याद थप हुन्छ ।जस्तो की, २०७८ बैशाख १ गते कुनै उद्योग १ वर्षभित्र सञ्चालनमा आउने गरी दर्ता भएको तर, उक्त अवधिमा सञ्चालनमा आउन नसक्ने भएमा २०७८ चैत १ गते नै उद्योगको तर्फबाट विभागमा निवेदन दिएमा १ वर्ष सञ्चालन म्याद थप हुन्छ ।यदि, सोही उद्योग सञ्चालन म्याद सकियो तर, सञ्चालनमा आएन भने उद्योगले सञ्चालन म्याद सकिएको ६ महिनाभित्र निवेदन दिएमा पनि पूँजी अनुसार निश्चित जरिवाना लगाएर म्याद थपिने व्यवस्था छ ।तर, उद्योग दर्ता भयो, सञ्चालन म्याद सकियो, सञ्चालन म्याद सकिएको ६ महिनासम्म उक्त उद्योगले कुनै निवेदन दिन सकेन भने उक्त उद्योग स्वतः निष्क्रिय हुन्छ । उदाहरणका लागि ‘क’ नाम गरेको लगानीकर्ताले ‘ए’ नाम गरेको उद्योग दर्ता गर्यो, १ वर्षभित्र सञ्चालनमा आउने गरी काम सुरु गर्यो, १ वर्षमा ५० लाख खर्च गर्यो, सञ्चालनमा आउन सकेन, ऐनमा भएको व्यवस्था अनुसार म्याद सकिन १ महिना बाँकी हुँदै निवेदन बुझाउन सकेन, म्याद सकिएको ६ महिनाभित्र पनि निवेदन बुझाउन सकेन भने उक्त उद्योग स्वतः निष्क्रिय भयो । कुनैपनि हालतमा उक्त उद्योगले पुनः सञ्चालन म्याद पाउने अवस्था ऐनमा कतै उल्लेख छैन । यसो हुँदा उक्त ए नाम गरेको उद्योगमा गईसकेको लगानी खेर गयो । ‘कानुन बनाउनेहरु उद्योगमैत्री, औद्योगिक वातावरणमैत्री भईदिएनन् भन्ने प्रमाण हो यो’ एक जना उद्योगी भन्छन्, ‘उ निवेदन बोकर आउन नसक्ने कारण हुन सक्छन् नि । लगानी फसाएको हुन्छ, कि त्यसको क्षतिपुर्ति दिईनु पर्यो, कि म्याद थपेर उसलाई सञ्चालनमा आउन दिनुपर्यो ।’सञ्चालन म्याद सकिएर ६ महिना कटेपछि जरिवाना लिएरै भएपनि पुनः सञ्चालन म्याद थप गर्न सक्ने कानुनी व्यवस्था नहुँदा उद्योग विभागमा करिब २ दर्जन उद्योगीहरु निरन्तर भौतारिरहेका छन् । अब हुन्छ की ?उद्योग विभाग आफैँले औद्योगिक व्यवसाय ऐन–२०७६ मा व्यवस्था भएको सञ्चालन म्याद व्यवहारिक र औद्योगिक वातावरण मैत्री नभएको भन्दै पटक पटक मन्त्री र सचिवलाई भन्दै आएको छ । यस विषयमा हालका उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडु भने ऐन संशोधनमा सकारात्मक देखिएका छन् ।‘केही नेपाल ऐन संशोधन’मार्फत औद्योगिक व्यवसाय ऐन–२०७६ लाई संशोधन गरेर सञ्चालन म्याद ६ महिना पनि कटेको अवस्थामा के गर्ने भन्ने कुरा स्पष्ट रुपमा लेख्ने तयारी मन्त्रालयले गरेको छ ।

लमजुङमा १९ उद्योग खारेज

लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङले १९ घरेलु उद्योग खारेज गरेको छ । यहाँ दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज भएका हुन् ।       आर्थिक वर्ष २०७८/७९ को ६ महिना अवधिमा १९ उद्योग खारेज भएको कार्यालय प्रमुख मिता थापाले जानकारी दिए । उनका अनुसार यस अवधिमा ५२१ ओटा नयाँ उद्योग दर्ता भएका छन् । त्यस्तै सोही अवधिमा १८८ घरेलु उद्योगको नवीकरण भएको छ । आर्थिक वर्ष गत आवको सोही अवधिमा ९७० नयाँ उद्योग दर्ता भएका छन् । ३६९ उद्योग नवीकरण भएको थियो । सो कार्यालयले अघिल्लो आव २०७६/७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ उद्योग नवीकरण भएको घरेलु कार्यालयले बताएको छ । आव २०७५/७६ मा ६ उद्योग खारेज भएको उक्त कार्यालयको तथ्यांक छ । उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएको र २७० उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आव २०७४/७५ मा १० ओटा उद्योग खारेज गरिएको थियो । सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्यांक छ । त्यस्तै आव २०७३/७४ मा आठ उद्योग खारेज भएका थिए । उक्त आवमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो । त्यस्तै वाणिज्यतर्फ आव २०७८/७९ को साउनदेखि पुससम्म ५२ ओटा वाणिज्य दर्ता खारेज भएको उक्त कार्यालयले बताएको छ । कार्यालयका अनुसार यस अवधिमा ३१३ नयाँ दर्ता भएका छन् भने २८८ वाणिज्यको नवीकरण भएका छन् । त्यस्तै आव २०७७/७८ मा ६१ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । त्यस्तै ६४० नयाँ वाणिज्य दर्ता भएको र ५५८ वाणिज्यको नवीकरण भएको छ । कार्यालयका अनुसार आव २०७६/७७ मा २५ ओटा वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै ७६२ ओटा नयाँ दर्ता र ३२० ओटा नवीकरण भएको थियो । आव २०७५/७६ मा २३ वाणिज्य दर्ता खारेज भएको थियो । रासस