एन्फा अध्यक्ष नेम्वाङ एएफसीको कार्यसमिति सदस्य निर्वाचित

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एशियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्य निर्वाचित भएका छन्। नेम्वाङ साउथ जोनबाट चारवर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन्। साउथ जोनबाट माल्दिभ्सका बसम अदेल जालीलसमेत कार्यसमितिमा निर्वाचित भएका हुन्। बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट एएफसीको अध्यक्षमा तेश्रो कार्यकालको लागि शेख सलमान बिन अब्राहिम अल-खलिफा निर्वाचित भएका छन्। शेख सलमान चारवर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन्।

सम्बन्धित सामग्री

अधिकारी र धिमाल निर्वाचित भएसँगै एन्फाको कार्यसमिति पूरा

काठमाडौँ,१२ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । एन्फाको आज बसेको विशेष साधारणसभामा भएको पुनः निर्वाचनबाट अधिकारी र धिमाल निर्वाचित भएको हो । निर्वाचित अधिकारी एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा समूहका छन् भने धिमाल एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्बाङ समूहका छन् । अधिकारीले ५४ मत […]

एन्फा अध्यक्ष र कतारका राजदूतबीच भेट, फुटबल सम्बन्ध सुमधुर बनाउने प्रतिबद्धता

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँग बुधबार उनकै निवास काठमाडौंमा भेट गरेका छन् ।  राजदूत अल हेलले नेम्बाङलाई एन्फाको नेतृत्वमा निर्वाचित भएकोमा बधाई पनि दिए । भेटका अवसरमा अध्यक्ष नेम्वाङ, महासचिव राई, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मालेकुले राजदूतसँग कतार र नेपाली फुटबलको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । दुवै पक्षले संयुक्त सहकार्य र सहकार्यबाट नेपालमा फुटबलको विकास गर्न सहमत भएका छन् । भेटमा थ्

नबिल बैँकका सिइओ अनिल शाह एन्फाको सल्लाहकारमा नियुक्त :: Pahilopost.com

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले बैंकर अनिल केशरी शाहलाई एन्फाको सल्लाहकारमा नियुक्त गरेको छ। कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति निर्वाचित भएपछि नै एन्फाले बैंकर शाहलाई कर्पोरेट सल्लाहकारको रुपमा नियुक्त गरेको जनाएको थियो। त्यसको झण्डै तीन महिनापछि एन्फा अध्यक्ष शेर्पाले अनिल शाहलाई सल्लाहकारको रुपमा नियुक्त गरेको

एन्फा अध्यक्ष शेर्पा स्वाफको कार्यसमिति सदस्यमा निर्वाचित :: Pahilopost.com

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा दक्षिण पश्चिम एसियाली फुटबल महासंघ (स्वाफ)को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्। साउदी अरबको जेद्दामा आइतवार भएको पहिलो साधारण सभामार्फत शेर्पा कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। एन्फा अध्यक्ष शेर्पासहित उपाध्यक्ष वीर बहादुर खड्का र महासचिव इन्द्रमान तुलाधर उक्त