काठमाडौं : नेपालीहरुको महान चाड दशैँ नजिकिँदै छ। त्रिभुवन विमानस्थलमा दशैँ मनाउन स्वदेश फर्कनेको चाप बढ्दाे छ।वैदेशिक रोजगारीमा रहेका र विदेशमा अस्थायी बसोबास गर्दै आएका नेपालीले स्वदेश फर्किंदा आफन्तका लागि महँगो ब्रान्डका रक्सीसहित टीभी, मोबाइल फोन, ल्यापटप, सुन–चाँदीका गहना लगायतका सामग्री लिएर आउने गरेका छन्।यसरी विदेशबाट आउनेले निश्चित परिणामका सामानलाई सरकारले भन्सार छुटको व्यवस्था गरेको छ। तर, सरकारले तोकेको भन्दा बढी सामान ल्याएको खण्डमा भन्सार तिर्नुपर्ने हुन्छ। कतिपयलाई