अर्थमन्त्रीलाई छड व्यवसायीको धोका ! स्टक सामानकै मूल्य बढाए, भन्सार छुट पनि लिए

सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरन आयातमा भन्सार छुट दिएपनि छड उत्पादकहरूले मूल्य बढाएका छन् । भन्सार छुट लिएर पनि छडको मूल्य बढाएका स्पञ्ज आइरन आयातकर्ता उद्योगीले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लाई नै अप्ठेरोमा पारिदिएका छन् । उद्योगीहरूले आफूखुसी ढंगले डण्डीको मूल्य प्रतिकिलो ६ रुपैयाँसम्म बढाएका हुुन् । प्रतिकिलो ८४ रुपैयाँ रहेको फलामे डण्डीको मूल्य अहिले बढाएर ९०/९१ रुपैयाँसम्म पु¥याइएको छ । मूल्य बढाएपछि अर्थमन्त्री शर्माले स्पञ्ज आयातकर्ता उद्योगीलाई बो