काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले बिदाको दिनपनि सेवा दिन सुरु गरेको छ । राहदानीको माग धेरै हुने भएकाले सहजकताका लागि बिदाको दिन पनि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । शनिबार जिल्ला प्रशासन कार्यालयबाट ८० जनाले सेवा लिएका थिए भने आइतबार (प्रजातन्त्र दिवस)को दिन ७५ जनाले सेवा लिएका छन् । […]
जनकपुरधाम । कर्मचारीको निधन भएको शोकमा जिल्ला प्रशासन कार्यालय धनुषाले एक दिनका लागि सेवा बन्द गरेको छ । प्रशासकीय अधिकृत बालवीर ठाकुरको आज हृदयाघातका कारण असामयिक निधन भएको हो । उनको निधन र भाइरल ज्वरोका कारण ८-९ कर्मचारी होम आइसोलेसनमा रहेकाले आज प्रवाहित हुने सेवाहरू स्थगन गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यहि असार २६ गतेबाट तीन सिफ्टमा सेवा विस्तार गर्ने भएको छ । पछिल्लो समय कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको चाप बढ्न थालेपछि तीन सिफ्टमा सेवा विस्तार गर्न लागिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको हाे । यहि असार २६ गतेबाट लागू हुने गरी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सबै […]
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । प्रशासनले आज (सोमबार) सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत केही कर्मचारीहरु सङ्क्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ । प्रशासनले माघ ११ गते मंगलवारदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मको लागि अत्यावश्यकबाहेकका सेवाअन्तर्गत पर्ने शान्ति सुरक्षा र विपद् […]
जिल्ला प्रशासन कार्यालय कैलालीले आइतबारबाट अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको छ । कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै कार्यालयले आइतबारदेखि अत्यावश्यक सेवा बन्द गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै केही कर्मचारीलाई कोरोना पुष्टी भएको र अन्य कर्मचारी लाई मिल्दो जुल्दो लक्षण देखापरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको हो ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवम् प्रशासकिय अधि
जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा स्थगन गरिएको छ । कोभिड १९ नयाँ भेरियन्ट ओमिक्रोन पछिल्लो समय तीब्र रूपमा फैलिनुका साथै कर्मचारीसमेत संक्रमण भएकोले एक साता सेवा स्थगन गरेको जिल्ला प्रशासन तेह्रथुमले जनाएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बिहीबार सूचना प्रकाशित गर्दै सेवा स्थगन गरिएको जानकारी दिएका छन् ।
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बार अनुसार सेवा प्रदान गर्ने भएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु बार अनुसार आलोपालो गरि प्रदान गरिने भएको हो । भीडभाडले जोखिम बढ्ने भएकाले बिहीबारबाट लागु हुने गरि जिल्लाका ६ वटा पालिकाहरुमा अर्को सुचना जारी नहुन्जेलसम्मका लागि शितगंगा नगरपालिका, पाणिनी गाउँपालिका […]
जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख २० गते सम्मका लागि सेवा स्थगित गरेको छ। स्थगित गरिएका सेवाहरूमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नविकरण र पत्रपत्रिका दर्ता रहेका छन् ।