तातोपानी नाकासम्म चिनियाँ कन्टेनर, बुधबार तीनवटा कन्टेनर नेपालमा

पाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामाग्री ल्याउन सुरु गरेको छ । बुधबार पहिलो पटक चिनियाँ कन्टेनरले नेपाली भूमिसम्म सामाग्री ल्याएको हो । बुधबार तीनवटा चिनियाँ कन्टेनरले नेपालसम्म सामाग्री ल्याएका छन् । ‘चिनिया कन्टेनरको डिब्बा मितेरी पुलमा नेपाली कन्टेनरमा लोड गरी सुख्खा वन्दरगाह सम्म ल्याउने ब्यवस्था गरिएको छ’, भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले भन्नुभयो, ‘पटक पटकको अनेकन अवरोधपछि कात्तिक १३ बाट पुनः सुचारु भएको तातोपानी भन्सार कार्यालयबाट यस अघि थौरै मात्रामा मात्र सामान आयात भएको भन्दै व्यापारीहरुले गुनासो गर्दै आएकाले यसको समाधानार्थ यो प्रक्रिया सुरु भएको हो ।’ नाका सञ्चालनको विषयमा नेपाल–चीनबीचको द्धिपक्षीय छलफलमा चीन पक्षले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानी बारे पटक पटक चासो व्यक्त गरेको भन्सार कार्यालयका प्रमुख खत्रीले बताउनुभयो । गत असोजमा केही कर्मचारीमा कोरोना देखिएपछि चीन पक्षले एक दिन सामाग्री पठाएर नाका पुनः ठप्प बनाएको थियो । ‘चिनियाँ कन्टेनरले सामाग्री ल्याईदिने हुँदा अब नेपाली व्यापारीका सामाग्री आउने आशा गर्न सकिन्छ’, भन्सार प्रमुख खत्रीले भन्नुभयो, ‘तातोपानी नाका पछिल्लो पटक असोज १९ गते सञ्चालनमा आएको थियो । तर सामान आयात गर्ने केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक दिन सञ्चालन पश्चात् बन्द रहेको नाका गत महिनाबाट सुचारु भए पनि सामाग्री आयात भएको थिएन ।’ जुरे पहिरो र विनाशकारी भूकम्पपछि ठप्प रहेको नाका केही महिना सञ्चालन पश्चात् गत माघमा बन्द भएको थियो । चीनको बुहान प्रान्तमा कोरोना संक्रमण फैलिएको भन्दै चीनले सामाग्री निर्यात रोकेपछि गत माघ बाट चैत्र २६ सम्म बन्द रहेको नाका चैत्र २७ बाट पुनः सुचारु भएको थियो । वर्षाद सुरु भएयता भोटेकोशी नदीमा आएको बाढीले अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि बन्द रहेको नाका असोज महिनामा एक दिन र कात्तिक १३ पश्चात् सुचारु रहेको भन्सार कार्यालयले जनाएको छ । ‘चिनियाँ पक्षले नेपालसम्म सामाग्री ल्याइदिने र स्वस्थ्य मापदण्ड पालना गरी सामाग्री जाँचपास हुने व्यवस्था मिलाएका छौँ ।’ भन्सार कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

तातोपानी नाकामा चीनको मनपरी

गत पुस १६ मा चीनको खासा र न्यालम क्षेत्रमा बाक्लो हिमपातका कारण चिनियाँ कन्टेनर आउजाउ रोकिएपछि तातोपानी नाका ठप्प बन्यो । हिउँले आधा छोपिएकाले खुला टेलरमा लोड गरिएका स्याउलगायत अन्य रेडिमेड सामग्री कुहिए, बिग्रिए । चीन र नेपालतर्फ कोरोना संक्रमित भेटिएपछि २०७७ असोजमा यही नाका दुई पटक दुई महिना बन्द भयो । सयौं कन्टेनर उतै थन्किँदा व्यापारीले करोडौं रुपैयाँ घाटा सहे ।

तातोपानी नाका खुल्यो, भित्रिए १० कन्टेनर

चीनको खासा र न्यालम क्षेत्रमा बाक्लो हिमपातका कारण रोकिएको तातोपानी नाका शुक्रबारबाट फेरि सञ्चालनमा आएको छ । हिमपातका कारण चिनियाँ कन्टेनर आवतजावत रोकिएपछि भोटेकोसी गाउँपालिका वडा नम्वर–२ स्थित तातोपानी नाका ठप्प थियो ।

तातोपानी नाका : हिमपातले न्यालम र खासामै रोकिए सय कन्टेनर

भोटेकोसी गाउँपालिका–२ तातोपानी नाकामा भित्रिने चिनियाँ कन्टेनर हिमपातका कारण चीनको खासा र न्यालम इलाका क्षेत्रमा रोकिएका छन् । बिहीबार बेलुकीबाट हिउँले सडक ढाकेका कारण शुक्रबारबाट अनिश्चतकालका लागि चीनले कन्टेनर पठाउन बन्द गरेपछि एक सयभन्दा बढी कन्टेनर उतै थन्किएका हुन् ।

तातोपानी नाका फेरि सञ्चालनमा आयाे

रसुवा – नेपाल र चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी मङ्गलवारदेखि फेरि सञ्चालन भएको छ । भोटेकोशी बाढीले क्षति पुर्‍याएकाे मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन हप्ताका लागि याे नाका बन्द गरेको थियो ।  नाका सञ्चालनमा आएसँगै मङ्गलवार बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो । एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाशक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याए...

२३ दिनपछि तातोपानी नाका पुनः सञ्चालनमा

१३ कात्तिक,काठमाडौं । असोज २० गतेदेखि बन्द तातोपानी नाका आजबाट एकतर्फी सञ्चालनमा आएको छ । बिहीबार दिउँसो १ बजे मालवस्तु बोकेको एक चिनियाँ कन्टेनर मितेरी पुल भएर नेपाली भन्सार यार्डमा आइपुगेको तातोपानी भन्सार कार्यालय प्रमुख …