तातोपानी नाकामा सरकारले लगानी गर्नुपर्छ : सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाकामा नेपाल सरकारले लगानी गर्नुपर्ने बताएका छन् । सोमवार नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाको निरीक्षण गर्दै सापकोटाले उक्त नाकामा नेपाल सरकारले लगानी गर्नुपर्ने देखिएको बताए । ‘यो नाकाले वार्षिक अर्बाैंको राजस्व भिœयाउँदै आएको थियो,’ सापकोटाले भने, ‘जुरे पहिरो, भूकम्प र पटकपटकको प्राकृतिक विपद्का कारण अहिले यो क्षतविक्षत बन्न पुगेको छ । यस नाकालाई पूर्णरूपमा सञ्चालन गर्न नेपाल सरकारले लगानी गर्नुपर्ने देखियो ।’ सभामुख सापकोटाले वार्षिक अर्बाैंको राजस्व भिœयाउन पनि राज्यले नाकालाई सुदृढ बनाउन कञ्जुस्याइँ गर्न नहुने बताए । बाह्रबीसेदेखि कोदारीसम्मको विकासलाई बहुवर्षीय योजनाका रूपमा लैजानुपर्ने भन्दै उनले त्यसका लागि अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘दीर्घकालीन रूपमा धुलिखेलदेखि कोदारीसम्मको सडकलाई दुईलेनको बनाउन सकिन्छ,’ उनले भने, ‘अल्पकालीन रूपमा भने बाह्रबीसेदेखि कोदारीसम्म भत्किएका र बिग्रिएका संरचनाहरूलाई तत्काल निर्माण गर्नुपर्ने देखिन्छ ।’ सभामुख सापकोटाले त्यसका लागि बजेट छुट्याउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरे । सभामुख र मन्त्रीसहितको टोलीले मितेरी पुल, लिपिङ बजारको निरीक्षण गरेको छ । लिपिङ बजार सीमा पुलसँग जोडिएको बजार हो । भूकम्पपछि यहाँको अवस्था दयनीय छ । यो बजारमा मात्रै भूकम्पअघि दैनिक करोडौंको कारोबार हुन्थ्यो । ठूलाठूला होटेल, बैंकलगायत कारोबार हुने व्यापारिक पसलहरू यहाँ थिए । यसलाई पुनः सुचारू गरिनुपर्नेमा सभामुख सापकोटाले जोड दिए । सभामुखसँगै नाका निरीक्षणका लागि पुगेका अर्थमन्त्री जनार्दन शर्माले तातोपानी नाकालाई सहज बनाउन कूटनीतिक पहल भइरहेको बताए । ‘तातोपानी नाकालाई सुदृढ बनाउँदै व्यवसायलाई सहज बनाउन कूटनीतिक पहल भइरहेको छ,’ शर्माले भने, ‘पहिलेको तुलनामा नाकामा उल्लेख्य सुधार भइसकेको छ र अझ यो नाकालाई विस्तार गरेर जाने विषयमा चीन सरकारसँग सहमतिसमेत भइसकेको छ ।’ अर्थमन्त्री शर्माले अबको केही महीनाभित्रबाट नाका नियमित पूर्णरूपमा सञ्चालन हुने दाबी गरेका छन् । ‘भौतिक पूर्वाधार निर्माण, बाहबीसे–कोदारी सडक र भूक्षय रोकथामका लागि चीन सरकारसँग विस्तृत जानकारी दिइसकेका छौं,’ उनले भने, ‘नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन चीन सरकार सहमत देखिएको छ ।’ तातोपानी भन्सार र मितेरी पुलसम्मको अवलोकन भ्रमण गरी त्यहाँको वर्तमान अवस्थाबारे सभामुख सापकोटा र अर्थमन्त्री शर्माले जानकारी लिएका हुन् । उनीहरूले अरनिको राजमार्गको सडक अवस्थाको निरीक्षण गरेका थिए । बाह्रबीसेदेखि नेपाल चीन सीमासम्मको २६ किलोमीटर सडकमा गर्नुपर्ने मर्मत तथा नयाँ निर्माणका लागि समेत निरीक्षण गरिएको थियोे । भूकम्पपछि अस्थिर रहेको तातोपानी नाका प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय व्यवसायी, तातोपानी भन्सारलगायतसँग छलफलसमेत भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए । ‘नाका र अरनिको राजमार्ग सुधारका लागि चीनसँग आवश्यक थप समन्वय गर्नेबारे छलफल केन्द्रित थियो,’ न्यौपानेले भने । कोभिड–१९ महामारी र सीमाक्षेत्रमा गरिएको कडाइका कारण तातोपानी नाकाबाट हुने आयातनिर्यात पूर्ववत् अवस्थामा फर्कन सकेको छैन ।

सम्बन्धित सामग्री

सभामुख सापकोटा आज स्वदेश फर्किंदै

काठमाडौं । अजरबैजान भ्रमणमा रहनुभएका सभामुख अग्निप्रसाद सापकोटा आज आइतबार स्वदेश फर्किंदै हुनुहुन्छ । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आइतबार स्वदेश फर्किन लागेको हो । सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ सवा ७ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले […]

सभामुख सापकोटा आज स्वदेश फर्कंदै

काठमाडौं, १९ असार । संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिको टोली स्वदेश फर्कन लागेको हो । सभामुख सापकोटा गत १४ त्यसतर्फ प्रस्थान गरेका थिए । गत असार १६ गते सो सम्मेलनलाई […]

सभामुख सापकोटा आज स्वदेश फर्किँदै

संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्किँदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’ को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिको टोली स्वदेश फर्कन लागेको हो । सभामुख सापकोटा गत १४ त्यसतर्फ प्रस्थान गरेका थिए ।गत असार १६ गते सो सम्मेलनलाई सम्बोधन गरेका सभामुख सापकोटार्ले  भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेकोमा जोड गर्नुका साथै अस

सभामुख सापकोटा आज स्वदेश फर्किंदै

१९ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानबाट आज स्वदेश फर्कंदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किन लागेको हो । सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७ः१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको सभामुखको सचिवालयले जनाएको छ […]

सभामुख सापकोटा अजरबैजान प्रस्थान

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजान संसदको आयोजनामा १६–१८ असारसम्म हुने कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार टोलीमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाकासदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक रहेका […] The post सभामुख सापकोटा अजरबैजान प्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक.

सभामुख सापकोटा अजरबैजान प्रस्थान

काठमाडौं, १४ असार । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजान संसदको आयोजनामा १६–१८ असारसम्म हुने कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । उनका अनुसार टोलीमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाकासदस्य रामचन्द्र राई र सभामुख सापकोटाका  स्वकीय सचिव गोविन्द […]

सभामुख सापकोटा स्वदेश फिर्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा स्पेनबाट स्वदेश फर्किनु भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भएर सभामुख सापकोटा आज बिहान स्वदेश फर्किनु भएको हो । स्पेनको म्याड्रिडमा गत नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मंसिर ८ गते त्यसतर्फ प्रस्थान गर्नु भएको थियो […]

सभामुख सापकोटा माओवादीको इशारामा चले : गोकुल बास्कोटा

पोखरा, असोज ५ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रको इशारामा चलेको आरोप लगाउनुभएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा उहाँले सभामुख सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको इशारामा चलेको आरोप लगाउनुभयो । उहाँले अध्यक्ष दाहालले भनेकै कारण एमालेले गरेको १४ सांसदको कारबाहीलाई मान्यता नदिएको गुनासो गर्नुभयो । सभामुख […]

सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफल भएको छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा बिहीबार सभामुख सापकोटा  गृहमन्त्री खाँणबीच खासगरी संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने विषयमा छलफल भएको बताइएको छ ।सभामुख सापकोटा र मन्त्री खाँणबीच यसवर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापकका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ । सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय वि

दलका नेता र संविधानविद्सँग परामर्शमा जुटे सभामुख सापकोटा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख अग्निप्रसाद सापकोटा विभिन्न राजनीतिक दल र संविधानविद् सँग छलफलमा जुटेका छन् । शुक्रवार राति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गरेको विषयमाथि प्रतिनिधिसभाका सभामुख सापकोटा छलफलमा जुटेका हुन् । सभामुख सापकोटा शनिबार बिहानैदेखि राजनीतिक दलका नेताहरु र कानुनका जानकारहरूसँग छलफलमा जुटेका छन् । शनिवार […]