साताको पहिलो दिन आइतबार सेयर कारोबार रकम ४ अर्ब ४ करोड नाघेको छ । यसअघि बिहीबार २ अर्ब ८६ करोडको सेयर कारोबार भएको थियो । नेप्से परिसूचक भने १७.२६ अंकले बढेर २०४६ अंकमा कायम भएको छ । दिउँसो १२:०७ बजे नेप्से २०८२ अंकसम्म पुगेकोमा त्यसपछि भने उतारचढावका बीच केही तल ओर्लियो ।