सेयर कारोबार रकम १ अर्ब ६ करोडले घट्यो

बुधबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ६ करोड घटेको छ । मंगलबार कुल २ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १ अर्ब ७६ करोडमा खुम्चिएको हो । कारोबार रकममा उल्लेख्य कमी आउँदा परिसूचक नेप्से सामान्य बढेको छ ।