किन भयो सुकिलुम्बा विमानस्थलमा उडान बन्द ?

काठमाडौँ । इलाम नगरपालिकासँग उडान सम्झौता गरी सुरु भएको इलामको सुकिलुम्बा विमानस्थलमा उडान बन्द भएको छ । यस विमानस्थलमा तारा एयरले ११ फागुनदेखि उडान सुरु गरेको थियो । यात्रु सुनिश्चित नभएसम्म नियमित उडान राख्दा एयरलाइन्सले आम्दानी गर्न नसक्ने भएपछि वायुसेवा कम्पनीले नगरपालिकासँग सम्झौता गरेको थियो । सम्झौता अनुसार हरेक उडानमा ११ जना यात्रुको सिटको ग्यारेन्टी […]

सम्बन्धित सामग्री

दुई महिनादेखि सुकिलुम्बा विमानस्थल बन्द

इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा हालसम्म पनि सञ्चालन हुनसकेको छैन । करिब रु ३० करोडको लागतमा निर्माण गरिएको  विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न बाध्य भएका छन्। इलाम सदरमुकाम नजिकै निर्माण गरिएको विमानस्थल गत फागुन १ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो । उद्घाटनपछि केही समय सातामा दुई पटक उडान गर्द

दुईमहिनादेखि सुकिलुम्बा विमानस्थल बन्द

मङ्गलबारे । इलाम नगरपालिका-९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा हालसम्म पनि सञ्चालन हुनसकेको छैन । करिब ३० करोडको लागतमा निर्माण गरिएको विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न […]

इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बन्द

इलाम । उडान भर्न थालेको केही महिना नहुँदै इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः हवाई सेवा बन्द भएको छ। शिलान्यास भएको ११ वर्षपछि बल्लतल्ल सुरु भएको उडान सेवा बन्द भएकाे हाे। इलाम नगरपालिकाले तारा एयरसँग इलाम-काठमाडौं हवाई उडानका लागि सम्झौता गरेको समय सकिना साथ उडान सेवा बन्द भएपछि अहिले इलामका बासीन्दाले हवाई सेवा नियमित गर्न माग […]

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सुरू गर्ने

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा सुरू गर्ने भएको छ ।इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने सम्झौता भएको थियो । सम्झौता अनुरुप आगामी ८ फागुनदेखि प्रत्येक आइतबार काठमाडौंबाट इलाम उडान–अवतरण हुने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए ।इलाममा हवाई उडानको यो सम्झौताका लागि पहल […]

फागुनदेखि तारा एयरले इलाममा उडान गर्ने

काठमाडौं (अस) । तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरू गर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रालिबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्न सम्झौता भएअनुसार फागुन ८ देखि प्रत्येक आइतवार काठमाडौं–सुकिलुम्बा उडान हुने भएको हो । नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले पूर्वका पर्यटन व्यवसायी उत्साहित भएको बताए । उनका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा रू. ८ हजार ७०० तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । नगरपालिकाले एकतर्फी भाडा तिरेर दुईतर्फकै उडानमा सहुलियत दिइएको समेत उनले बताए । ‘इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो, इलामलाई प्रकृति र संस्कृतिको संगम मान्ने गरिन्छ । त्यहाँ पर्यापर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ,’ उनले भने । हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने उनको दाबी छ । इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तु सर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आकर्षणका केन्द्रका रूपमा रहेका छन् ।

सुकिलुम्बा विमानस्थल सञ्चालनको तयारी

इलाम । इलामको सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ । यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ । अगामी फागुन ८ देखि प्रत्येक आइतवार उडान–अवतरण हुने निश्चित भएको हो । नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाजको एकतर्फी भाडा ८ हजार ७०० रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ ।      नगरपालिकाले एकतर्फ भाडा तिरे दुईतर्फकै उडानमा सहुलियत दिएको छ । नगर प्रमुख महेश बस्नेतले आठ हजार ७०० मा टिकट काटिएपछि आउने–जाने दुवैतर्फी टिकट यात्रुले पाउने जानकारी दिए । कम्तीमा तीन महिना नियमित सञ्चालन गर्ने गरी सम्झौता भएको छ । सो अवधिमा इन्धनको मूल्य फरक परेमा सोहीअनुसार भाडा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो । विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड खर्च भइसकेको प्राधिकरणले बताएको छ । २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । विमानस्थल सञ्चालनपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ, सिक्किमलगायतका बासिन्दालाई काठमाडौं आउन जान सहज हुनेछ । रासस

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल तयार

सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उडान–अवतरणका लागि तयार भएको छ। सामान्यबाहेक विमानस्थल निर्माणको सबै मुख्य कार्य पूरा भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अब विमान उडान–अवतरण गराउन सकिने जनाएको छ।

सुकिलुम्बा विमानस्थलमा चैतसम्ममा परीक्षण उडान

इलाममा निर्माणाधीन विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ। विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो। सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा माटोको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। सबग्रेड कार्य भइरहेको भन्दै उनले लेभल परीक्षण गरेपछि चैत महिना सम्ममा परीक्षण उडान गरिने जानकारी दिए। विमानस्थल…