इलामको सुकिलुम्बा विमानस्थलमा फागुनदेखि उडान हुने, तारा एयरले सातामा एक उडान गर्ने

काठमाडौं । इलामको सुकिलुम्बा विमानस्थलमा आउँदो फागुनदेखि हवाई सेवा सुरु हुने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रालिबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा यही माघ ३ गते सम्झौता भएको थियो । सोही सम्झौताअनुरूप आउँदो फागुन ८ गतेदेखि प्रत्येक आइतबार काठमाडौंबाट सुकिलुम्बा विमानस्थलमा उडान–अवतरण हुने निश्चित भएको हो । सम्झौताअनुसार यो...