इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा हालसम्म पनि सञ्चालन हुनसकेको छैन । करिब रु ३० करोडको लागतमा निर्माण गरिएको विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न बाध्य भएका छन्। इलाम सदरमुकाम नजिकै निर्माण गरिएको विमानस्थल गत फागुन १ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो । उद्घाटनपछि केही समय सातामा दुई पटक उडान गर्द