दाङ : जिल्ला अदालतले गत आर्थिक वर्षमा साढे २८ सयभन्दा बढी मुद्दा फर्छ्योट गरेको छ। सोमबार दाङ जिल्ला अदालतले गत आर्थिक वर्षमा सम्पादन गरेको कामको प्रगति समीक्षा गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्य न्यायाधीश रितेन्द्र थापाले एक वर्षको अवधिमा साढे २८ सय बढी मुद्दा फर्छ्योट भएको बताए । उनका अनुसार अदालतले प्रक्षेपण गरेको वार्षिक अनुमानित लगत भन्दा उल्लेख्य रूपमा मुद्दाको संख्या बढेकालेसीमित न्यायाधीशबाट मुद्दा फर्छ्योट गर्न चुनौती थपिएको हो । जिल्ला अदालतमा