संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल-नाह्यानको निधन भएको छ।उनको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको हो। राज्य मिडियाका अनुसार उनी विगत लामो समयदेखि रोगसँग लडिरहेका थिए।राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार शेख खलिफा बिन जायद अल-नाह्यानको निधन भएको पुष्टि गरेको छ।