कोरोना बिरुद्धको खोप उपादनमा अग्रणी रहेको उत्तरी छिमेकी मुलुक चीनले थप १६ लाख मात्रा खोप अनुदानमा दिने जानकारी गराएको छ । यसअघि नै घोषणा भएको सो खोपबारे शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवासमा भएको शिष्टाचार भेटमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी दिनुभएको हो । नेपालले चीनबाट ४० लाख …