स्टार्टअप नेसन : सामूहिक छलफल ‘स्टार्टअपलाई सघाउने नीति बनोस्’

काठमाडौं  । मुलुकमा केही स्टार्टअपले राम्रो व्यवसाय गरिरहेको र थप सम्भावना देखिएकाले यसलाई सघाउने गरी सरकारले नीति बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्टार्टअप उद्यममा राम्रो व्यवसाय गर्दै आएका स्टार्टअपले आफ्ना अनुभव सुनाउँदै यस्तो धारणा राखेका हुन् । न्यू बिजनेश एज प्रालिले गत शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड्स २०२३’ को सामूहिक छलफल सत्रमा उनीहरूले कृषि, शिक्षालगायत धेरै क्षेत्रमा स्टार्टअप उद्यमको सम्भावना रहेको बताए । लजिस्टिक स्टार्टअप उपायका सह–संस्थापक राहुल मल्ल ठकुरीले ईकमर्श प्लटफर्मको प्रयोगबाट फुड तथा अन्य सामानले सजिलै ग्राहक पाउने गरेको तर अन्य लजिस्टिकका सामान डेलिभर गर्दा भने निकै सास्ती देखिने गरेको बताए ।  नेपालमा लजिस्टिकबाहेक अन्यमा प्रविधिको उपयोग राम्रो भएकाले यसमै धेरै अनुसन्धान तथा अध्ययन गरेर स्टार्टअप उद्यम शुरू गरिएको उनको भनाइ छ । स्टार्टअपका लागि वित्तीय स्रोत जुटाउन विभिन्न संस्थाहरूसँग सहकार्य गरिएको भन्दै उनले भने, ‘स्टार्टअप उद्यम सञ्चालनका लागि हाम्रो आइडिया डोल्माले सघाउँदै आएका क्षेत्रसँग मिल्दा फन्ड पाउन सजिलो भयो ।’  पत्रकारिताबाट कृषिसम्बन्धी स्टार्टअपमा फड्को मारेकी सुनीता न्हेमाफुकी कृषिक्षेत्रलाई हेर्ने मानसिकतामा अहिलेसम्म परिवर्तन नआएको बताउँछिन् । आर एन्ड डी इन्नोभेटिभ सलुशन प्रालिका संस्थापकसमेत रहेकी  उनले सरकारले स्टार्टअपलाई सघाउन अझै पनि नसकेको बताइन् ।  उक्त अवसरमा उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले स्टार्टअप इकोसिस्टम बनाउने प्रमुख काम सरकारको भएको बताए । स्टार्टअप राष्ट्र बनाउन के गरिनुपर्छ ? भारतमा साढे ७ वर्षमा युनिकर्न हुन्छन् । तर, नेपालमा कार्यविधि आउनै वर्षौं लाग्यो भन्ने सहजकर्ताको प्रश्नमा गौतमले भने, ‘नीतिमा खाडल छ, यद्यपि सरकारले ढिलै भए पनि स्टार्टअपलाई परिभाषित गरेको छ । उद्यमका लागि पहिलोपटक कर्जा योजना पनि शुरू गरेको छ ।’ स्टार्टअप उद्यम कर्जा कार्यविधि–२०७९ का विशेषताका विषयमा पनि उनले जानकारी दिए । सरकारले कर्जा दिने प्रयोजनका लागि कार्यविधि ल्याएको बताए । स्टार्टअपका उत्पादन तथा सेवा समाजले भोगेका समस्याको समाधानमा सहयोगी हुनुपर्नेमा उनको जोड छ । उपायका मल्लले भने, ‘लगानी गर्दा कहाँ गर्ने, कसरी गर्ने, फन्ड उठाउँदा उनीहरूको इच्छा कता छ भन्नेतर्फ पनि ध्यान दिऔं, समूहको पनि उत्तिकै महत्त्व हुन्छ, विश्वास गर्ने टीम जरुरी हुन्छ ।’ दूरदृष्टि, बजार र इच्छाशक्ति भएमा स्टार्टअप सफल हुन सक्ने उनको तर्क छ । कार्यक्रममा सहभागी नेपाली पात्रोका सन्तोष देवकोटाले अहिले बनिबनाउ क्षेत्रमा मात्रै लगानी खन्याउने सोच हाबी रहेको बताए । ‘नेपाली समाज सुहाउँदो आइडियामा काम भएको छैन र सोच नै छैन, यो दुर्भाग्य हो,’ उनले प्रश्न गरे, ‘शुरुआती बिजनेश उद्यम गर्नेलाई सरकारले कसरी सघाएको छ ?’ अर्का सहभागी गोविन्द चापागाईंले लघुवित्तको ४ खर्ब रुपैयाँ कृषिमा लगानी भए तापनि पैसामात्र दिइएको, परियोजना नदिएको गुनासो गरे । छरिएको पैसा कसरी उपयोग गर्ने भन्नेमा सरकारले के कसरी सघाउँछ भन्ने उनको प्रश्न थियो । सामूहिक छलफलमा सहजीकरण गरेका विकासा टेकका सहसंस्थापक अस्मोद कार्कीले स्टार्टअप युनिकर्न हुन लगानी, कोष, कृषिको घट्दो योगदान, सेवाको बढ्दो योगदानलगायत विषयमा प्रश्न गरेका थिए ।  कार्यक्रममा सहभागी कुवेर पाठकले अहिलेको पुस्तालाई कुन समयमा कुन खेती गर्ने भन्ने ज्ञान नभएको बताए । उनले कृषि स्टार्टअपमा कसरी युवालाई आकर्षित गर्न सकिन्छ भनेर विभागका महानिर्देशक गौतमलाई प्रश्न गरेका थिए । ‘७ वर्षमा धेरै जमीन बाँझो बन्दै छ, अहिलेका युवालाई कृषिमा कसरी आकर्षित गर्न सकिन्छ’ भन्ने प्रश्न उनले उद्यमी सुनीता न्हेमाफुकीलाई सोधेका थिए । उक्त प्रश्नको उत्तरमा उनले भनिन्, ‘इजरायलमा ३ प्रतिशत कृषक कृषिमा आबद्ध छन्, उनीहरूले ९७ प्रतिशत जनसंख्यालाई उपभोग गर्न सक्ने उत्पादन दिएर, अमेरिका, यूरोपलगायत देशमा निर्यात गर्छन्, तर नेपालमा भने कृषि दु:खको पेशा हो भन्ने बुझाइ छ । यो अवस्था फेर्न इन्जिनीयरलगायत पेशामा भएकाहरू समेत कृषिमा आउने वातावरण र कृषि प्रविधिको विकास गर्नुपर्छ ।’ 

सम्बन्धित सामग्री

भुटान फाइभ नेसन बास्केटबल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भुटानले फाइभ नेसन च्याम्पियनसिप बास्केटबलको उपाधि जितेको छ । लिग राउन्डमा चौथो स्थानमा रहँदै अघि बढेको भुटानले बिहीबार बंगलादेशलाई ६२–६० ले पराजित गर्दै भुटान च्याम्पियन बनेको हो । त्यसअघि सेमिफाइनलमा नेपाललाई अन्तिम सेकेन्डमा बजर बिटर प्रहार गरेपछि ६१–६० ले पराजित गर्दै भुटान फाइनलमा पुगेको थियो । अर्को सेमिफाइनलमा पाकिस्तानलाई ७९–६५ ले […] The post भुटान फाइभ नेसन बास्केटबल च्याम्पियन first appeared on Hamro Khelkud.

सिप्रदीको ‘नेक्सन ईभी वुमन ड्राइभ द नेसन’ सम्पन्न

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टाटा मोटर्सले ‘नेक्सन ईभी वुमन ड्राइभ द नेसन’ नाराका साथ विशेष कार्यक्रम आयोजना गरेको छ । टाटाको नेपालस्थित बिक्रेता सिप्रदी ट्रेडिङले कार्यक्रम गरेको हो । देश विकास र पहिचान स्थापनामा नारीहरुको योगदानको उच्च कदर गर्दै कार्यक्रम गरिएको सिप्रदीले जनाएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको यस वर्षको नारा ‘डिजिटल: आविष्कार र प्रविधिमा […]

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई

मिस नेसन नेपाल–२०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद १ लाख रुपैयाँ पुरस्कार पाएकी हुन् । प्रतियोगितामा फ्रस्ट रन्नर अप पूर्णिमा प्रजापती र सेकन्ड रन्नर अप दा लामु शेर्पा भएकी छन् ।कार्यक्रमका प्रमुख […]

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई

काठमाडौँ, १२ भदौ । मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद रु. १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रन्नर अप पुर्णिमा प्रजापती र सेकन्ड रन्नर अप दा लामु […]

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई

मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद रु. १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रनर अप पूर्णिमा प्रजापति र सेकेन्ड रनर अप दा लामु शेर्पा भएकी छन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो पे ले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक मण्ड

मिस नेसन नेपाल २०२२ को फिनाले शुक्रबार हुँदै

बिजेतालाई १ लाख नगद पुरस्कार काठमाडौं, ८ भदौ । आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शुक्रबार हुन लागेको हो । प्रतियोगितामा सहभागीहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेश र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको बिभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त […]

इनोभेटिभ नेसन प्रा.लि.ले अब प्रोफेसनल म्युजिक भिडियो प्रोडक्सन गर्ने

काठमाडौँ । इनोभेटिभ नेसन प्रा.लि.ले नेपालभर व्यावसायिक म्युजिक भिडियो उत्पाद सेवाहरू (प्रोफेसनल म्युजिक भिडियो प्रोडक्सन सर्भिसेज) मा प्रवेश गरेको छ । नेपालका लोकप्रिय इभेन्टहरूको पर्यायवाची इनोभेटिभ नेसन प्रा.लि.ले अन्ततः व्यावसायिक संगीत र म्युजिक भिडियो उत्पादनको सेवामा प्रवेश गरेको हो । एक दशकभन्दा बढी समयदेखि इभेन्ट इन्डस्ट्रीको मुख्य हिस्सा रहेको इनोभेटिभ नेसन...

इनोभेटिभ नेसन प्रालिले प्रोफेसनल म्युजिक भिडियो प्रोडक्सन गर्ने

काठमाडौं । इनोभेटिभ नेसन प्रालि व्यावसायिक म्युजिक भिडियो उत्पादन सेवा (प्रोफेसनल म्युजिक भिडियो प्रोडक्सन सर्भिसेज) मा प्रवेश गरेको छ । नेपालका लोकप्रिय इभेन्टको पर्यायवाची इनोभेटिभ नेसन प्रालि व्यावसायिक संगीत र म्युजिक भिडियो उत्पादन गर्न लागिपरेको हो ।  एक दशकअघिदेखि इभेन्ट इन्डस्ट्रीको मुख्य हिस्सा रहेको इनोभेटिभ नेसन प्रालिले प्रोफेसनल म्युजिक भिडियो इन्डस्ट्रीमा छलाग...

‘खुकुरी म्युजिक नेसन’ को उपाधि सन्तोष घलेलाई

काठमाडौं : ‘खुकुरी म्युजिक नेसन’ को उपाधि भरतपुरका सन्तोष घलेले जितेका छन्। आइतबार क्लब प्लेटिनममा गरेको फिनालेमा  सन्तोषलाई विजेता घोषित गरिएको हो। भरतपुरका सन्तोष घलेले बाँकेका प्याराडाइज ब्याण्ड, सिक्किमकी मोनिका राई र अमेरिकामा बस्दै आएका सन्देश गुरुङलाई पछि पार्दै उपाधि सहित ११ लाख रुपैयाँ पुरस्कार पाए। कार्यक्रममा समृद्धी राई, विपुल क्षेत्री एन्ड ट्राभलिङ…

खुकुरीले खुकुरी म्युजिक नेसन प्रतियोगिता आयोजना गर्ने

खुकुरी रमले नेपाली संगीतको विरासतलाई निरन्तरता प्रदान गर्न तथा अँग्रेजी नयाँ वर्ष २०२१ को भव्यशुभारम्भ गर्न “खुकुरी म्युजिक नेसन” प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।  यस अभियानमा नेपालका ख्याति प्राप्त स्थापित कलाकारहरुका साथै उदयमान कलाकारहरुको प्रस्तुति रहनेछ, जसले नेपाली संगीत र नेपाली कलाकारहरुको उत्थान, प्रवद्र्धन एवं प्रोत्साहनमा सहयोग पुर्‍याउनेछन् । खुकुरी रमले आफ्नो वेबसाइट मार्फत् एउटा प्रतियोगिता संचालन गर्नेछ, जहाँ आवेदकहरुले आफू भित्र रहेको साँगीतिक प्रतिभाको भिडियो अपलोड गरेर प्र...