जेठ २, काठमाडौं । नेपाल आयल निगमले आइतवार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
मूल्य समायोजन पश्चात काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।
निगमले एलपी ग्यास र अन्तरराष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।