काठमाडौँ। सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाएर २४ सैं घण्टा चल्न दिने निर्णय गरेको हो।
कुनै पनि रात्रिकालीन व्यवसाय राती १० बजेपछि सञ्चालन गर्न नपाइने व्यवस्थालाई परिमार्ज गर्दै होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन हुन पाउने भएका हुन्।