काठमाडौं,१ मंसिर। मिथिला क्षेत्रमा छठपर्वको रौनक सुरु भएको छ।सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका व्यक्तिहरु व्यस्त छन्। पर्वको प्रारम्भ आज बर्तालुले ‘नहाय–खाय’ विधिबाट गर्दैछन्।मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जिएका छन्।धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन्। मिथिला क्षेत्रसंगै अहिले भने छठ अन्य क्षेत्रमा समेत मनाउन थालिएको छ।