काठमाडौं– एक महिना लामो स्वस्थानी व्रत शनिबार समापन गरिएको छ। पौष शुक्ल पूर्णिमादेखि सुरु गरेको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन शनिबार विधिपूर्वक समापन गरिएको हो। यस्तै काठमाडौँको साँखुस्थित शाली नदीमा एक महिना लामो माधवनारायण व्रत पनि समापन गरिएको छ। स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच […]