काठमाडौँ– चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरिन् । मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धमा एउटा इँटा थप भएको बताए । “हामीले चीनबाट पाउँदै आएको […]