काठमाडौं । चीन सरकारले अनुदानमा दिएको थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले यस वर्षभित्रै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सरकार अघि...