डेंगी परीक्षणमा मनलाग्दी शुल्क लिएको भन्दै आलोचना भएपछि एकरूपता कायम गर्ने तयारी

काठमाण्डाै – डेंगी परीक्षणका लागि मनलाग्दी शुल्क लिएको भन्दै आलोचना भएपछि एकरूपता कायम गर्ने तयारी भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालय आज पनि छलफलमा जुट्दै छ । हिजो  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरोकारवाला निकायबीच भएको छलफलमा  एकरूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको थिएन । शुल्क  निर्धारण अघि आज पनि छलफल हुने मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले डेंगी परीक्षण शुल्कमा एकरूपता ल्याउन छलफल भईरहेको बताउनुभयो । काठमाण्डौ उपत्यकालगायत ...

सम्बन्धित सामग्री

दूध र पानीमा स्वच्छता कायम हुने गरी काम गर्न निर्देशन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले दूध र पानीको स्वच्छता कायम हुने गरी तत्काल काम थाल्न निर्देशन दिएकी छन्। खुलारूपमा बिक्री गरिने दूध र पानीको गुणस्तर नहुने भन्दै उनले कृषि तथा पशुपक्षी विभागका अधिकारीलाई नियमित अनुगमन गर्न निर्देशन दिइसकेको जानकारी दिइन्। बजारबाट सङ्कलन गरिएका नमूना परीक्षणका लागि कामपाले आफ्नै प्रयोगशाला सञ्चालनको तयारी गरिरहेकाले प्रभावकारी […]

सदनमा भौतिक दुरी कायम राखेर शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई भौतिक दुरी कायम गरी पद तथा गोपनीयताको शपथ गराइने भएको छ । नवनिर्वाचित सांसदलाई नयाँबानेश्वरस्थित संसद् भवनमा भौतिक दुरी कायम गरेर बिहीबार शपथ गराउने तयारी संसद् सचिवालयले गरेको छ ।कोरोना महामारीमा भौतिक दुरी कायम गरी संसद् बैठक सञ्चालन गरिएको थियो । अहिले कोरोना संक्रमणदर न्यून छ। तापनि सम्भावित संक्रमणबाट जोगिन सदनमा सांसदको शपथ तथा बैठक सञ्चालन गर्दा भौतिक दुरी कायम गरिने भएको हो।शपथमा ठूला दल प्रत्येकलाई एउटा ुरोु उपलब्ध गराइनेछ । त्यस्तै साना दलको हकमा एउट

लुम्बिनी प्रदेश: राजधानी सार्ने अन्तिम तयारी

आगामी २२ गते सम्म निर्वाचन आचारसंहिता कायम रहने र आचारसंहिता सकिएलगत्तै अस्थायी मुकामबाट स्थायी थलोमा राजधानी सार्ने तयारी गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ।...

तोसिमाको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेशविरुद्ध आयोगको भ्याकेट निवेदन

निर्वाचन आयोगले ललितपुर– ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च अदालतको अन्तिम आदेश खारेजीको माग गर्दै भ्याकेटमा जाने तयारी गरेको छ। आयोगका सहायक प्रवक्ता एवं उपन्यायाधिवक्ता गुरु...

ग्यासमा दुई थरी मूल्य कायम गर्दै आयल निगम : गरिबलाई सस्तो, धनीलाई महँगो

काठमाडौं : नेपाल आयल निगमले घाटा चुलिएपछि ग्यासको दोहोरो मूल्य कायम गर्ने भएको छ। आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले ग्यासको मूल्य दुईथरी कायम गर्ने तयारी भइरहेको बताएका छन्। सोमवार पत्रकार सम्मेलन गर्दै थानीले ग्यासको मूल्य दुई थरी कायम गर्न समिति गठन गरिएको बताएका हुन्। अघिक घाटाकै कारण मूल्यवृद्धि गर्नु…

एमालेको विधानमा व्यापक संशोधनको तयारी

नेकपा एमालेको विधानमा ब्यापक संशोधनको तयारी गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै केन्द्रीय कमिटी र स्थायी कमिटीको संख्या थप्नुका साथै पोलिटब्युरो पनि ब्युँताउने बताएका हुन् ।

भागबण्डा मिलाउन प्रदेश १ मा मन्त्रालय फुटाउने तयारी

पाँच दलीय गठबन्धनको सरकारले प्रदेश १ मा भागबण्डाका लागि तीन वटा मन्त्रालय फुटाउने तयारी गरेको छ । हाल ७ मन्त्रालय कायम रहेको प्रदेशमा ११ वटा मन्त्रालय बनाउने तयारी भइरहेको हो । सोही अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक गृहकार्य सुरु गरेको छ ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारीमा प्रदेश सरकार छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रा

एकमहिने आदिनाथ मेलाको तयारी पूरा

काठमाडौँ- आदिनाथको मन्दिरमा एकमहिने मेलाका लागि तयारी पूरा भएको छ । प्रत्येक वर्ष आश्विन शुल्क पूर्णिमादेखि कात्तिक शुल्क पूर्णिमासम्म मेलाका लागि आवश्यक तयारी पूरा गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष महामारीका कारण मन्दिरमा नियमित पूजाबाहेकका अन्य पूजा तथा दर्शनका लागि बन्द गरिएको थियो । स्वास्थ्य मापदण्डलाई कायम गरी भक्तजनलाई दर्शनको व्यवस्था मिलाएर […]

स्पन्ज आइरन र विलेटको फरक भन्सारदर कायम गरेकोमा स्वागत

२८ भदौ, काठमाडौं । नेपाल स्टिल विलेट उत्पादक संघले नेपाल सरकारले ल्याएको बजेटमा स्पन्ज आइरन र तयारी स्टिल विलेटको भन्सारदरमा हाल ४.७५ प्रतिशत भिन्न्ता कायम गरेकोमा भन्दै निर्णयको स्वागत गरेको छ । विगत ३ वर्ष देखि स्टिल विलेट उत्पादकहरुले स्पन्ज आइरन र तयारी विलेटको भन्सार दरमा कम्तिमा १० प्रतिशतको भिन्नता कायम गरिदिन माग गर्दै आएकोमा […]

शिवरात्रीको तयारी अन्तिम चरणमा

यस वर्षको महाशिवरात्री मनाउँदा पशुपतिमा दुरी कायम गर्नुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने भएको छ ।पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन गर्दै महाशिवरात्रीको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै कोरोनाको जोखिम कायमै रहेका कारण मापदण्ड अपनाउनु पर्ने बताएको हो ।‘कोभिड भाइरस संक्रमणको खतरा रहेको अवस्थामा नेपाल सरकारले तोकेका स्वास्थ्थ सुरक्षाका मापदण्डलाई पालना गरेर सम्भव भएसम्म भौतिक […]