एजेन्सी। भारतको राजधानी नयाँदिल्लीमा कोरोना ‘पिक’मा पुगेर ओर्लन थालेको छ। आइतबार संक्रमणमा मात्रै होइन मृत्युदर पनि घटेको छ। दैनिक २० हजार नाघेको दिल्लीमा हिजो १३,३३६ जना संक्रमित पाइए। मृत्यु हुनेको संख्या २७३ थियो। यो आँकडा अप्रिल १६ पछिको कम हो। संक्रमण दर ३६.२०(अप्रिल २२) प्रतिशतबाट आइतबार २१.६७ प्रतिशतमा ओर्लिएको छ। दिल्ली सरकारले कोरोनाका बिरामीलाई उपचारका लागि नयाँ व्यवस्थासमेत गरेको छ।