माओवादीले हटाएका चार सांसदको पत्र निर्वाचन आयोगमा पुग्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले कारवाही गरेर हटाएका प्रतिनिधि सभाका चार सांसदको निस्कासनसम्बन्धी औपचारिक पत्र निर्वाचन आयोगमा पुगेको छ । रिक्त रहेका पदहरुमा उपनिर्वाचन गराउन आफू तयार रहेको निर्वाचन आयोगले जनाएको छ । तर, संघ र प्रदेशमा सबै रिक्त स्थानहरूका एकैचोटि उपचुनाव गराइने आयोगले स्पष्ट पारेको छ ।प्रतिनिधि सभाका सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले माओवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेपछि माओवादीले उनीहरुलाई पार्टी सदस्य र सांसद पदसमेत नरहने गरी

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा आरजु राणा : अबको प्रधानमन्त्री फेरि देउवा नै (भिडियो)

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले अब बन्ने नयाँ सरकारमा शेरबहादुर देउवा नै फेरि प्रधानमन्त्री बन्ने बताएकी छिन् । आइतबार निर्वाचन आयोगमा समानुपातिक तर्फको सांसदको प्रमाणपत्र लिने क्रममा सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै राणाले नेपाली कांग्रेसको संसदीय दलको नेता देउवा नै बन्ने र सरकारले नेतृत्व गर्ने दाबी गरिन् । उनले भनिन्–‘उहाँ पार्टी सभापति पनि हो, अहिले  गठबन्धनलाई जिताएर आफ्नो पार्टीलाई पनि ठुलो पार्टी बनाउनुभएको छ । अवश्यपनि उहाँ नै उठ्नुहुनेछ ।’ गगन थाप

राप्रपाले बुझायो २४ सांसदको नाम आयोगमा

काठमाडौं– राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ ।  राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशमशेर जबरा,  बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा,  बीना जैसवाल र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो ।  केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको […]

जनमत पार्टीले आयोगमा बुझायो समानुपातिक सांसदको नाम

काठमाडौं । जनमत पार्टीले समानुपातिकतर्फ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ १ सिट जितेको पार्टीले समानुपातिकतर्फ ५ सिट प्राप्त गरेको थियो । पार्टीले प्रतिनिधि सभा समानुपातिक सदस्यमा अनिता साह र बसन्तकुमार कुशवाहा (मधेशी), सोनु मुर्मर र बिनिताकुमारी सिंह (आदिवासी जनजाति), अब्दुल खान (मुस्लिम) र गोमा लामा सापकोटा (खस आर्य)लाई सिफारिस […]

राप्रपाले समानुपातिकतर्फ ७ जना सांसदको टुंगो लगायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको समनुपातिकतर्फका ७ जना सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाबाट समानुपतिकमा पुरुष दुई र पाँज जना महिलाको नाम सिफारिस भएको छ । पशुपतिशमशेर जबराबुद्धिमान तामाङरोशन कार्कीगीता बस्नेतबीना लामाबीना जैसवालअनिषा नेपाली

एकीकृत समाजवादीद्वारा प्रदेश समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ । यस्तै, बागमती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ छनोट भएका छन् । लुम्बिनी प्रदेशमा भगवती अधिकारी, कर्णाली […]

एकीकृत समाजवादीले बुझायो समानुपातिक सांसदको सूची

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगमा पुगेर समानुपातिकतर्फका सांसदको सूची बुझाएका छन्।समाजवादीले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० उम्मेदवारको बन्द सूची पेश गरेको हो।९ गतेदेखि १६ गतेसम्ममा पेश भएको नाम परिर्वतन हुनसक्ने नेता गंगालाल तुलाधरले बताए। उनले आफू समानुपातिकमा बसेको बताए। सकेसम्म आफू चुनाव लड्ने इच्छा भएको पनि उनले बताए।

निर्वाचन आयोग पुगेका एमालेका चार सांसदको पद धरापमा

नेकपा एमालेमा विभाजन हुँदा चार जना सांसदको पद धरापमा परेको छ । मूल पार्टी एमाले छाडेर माधव नेपालतिर लागेका चारजना सांसदलाई बुधबार निर्वाचन आयोगले सनाखतका लागि मान्यता नदिएपछि उनीहरुको पद धरापमा परेको हो ।माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरी बसेका संघीय सांसदहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाजवादीमै सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले उनीहरुको निवेदन अस्वीकार ग

माधव नेपालको नेकपा (एस) का ३० सांसदको सनाखत

काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाएर माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३० सांसदको हस्ताक्षर सनाखत भएको छ । यसअघि ३१ सांसदले हस्ताक्षर गरी पार्टी विभाजनका लागि निवेदन दिएकोमा ३० जनाको मात्र सनाखत भएको छ । पार्टी दर्ताका लागि निवेदन दिंदा एमालेका ३१ सांसद र ५८ केन्द्रीय […]

लोसपाका १४ सांसदको सनाखत

काठमाडौं, ९ भदौ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि १४ सांसदको हस्ताक्षर सनाखत भएको छ । जनता समाजवादी पार्टी विभाजन गरी दर्ताका लागि लोकसभा विभाजनका लागि निवेदन दिइएकोमा आज निर्वाचन आयोगमा १४ सांसदको हस्ताक्षर सनाखत भएको हो । लोसपा नेता राजेन्द्र महतोले १४ सांसदको हस्ताक्षर सनाखत भएको जानकारी दिए । उनले भने, […]