प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्ने समूहले तर्क नभेटेपछि झूटको सहारा लिएको आरोप लगाएका छन् ।
आफूले चिन्दै नचिनेका न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भनेर प्रचार गर्नु न्यायालयमाथिको प्रहार भएको उनले बताए ।
‘निर्वाचन हुनु हुँदैन, पुरानै संसद पुनःस्थापना हुनुपर्छ भनेर सर्वोच्च जानुभएछ । कुनै तर्क छैन, झूटको सहारा लिएर बोल्न जानुहुन्छ । फलानो–फलानो न्यायाधीश प्रधानमन्त्रीकोमा भेट्न गए, योभन्दा ठूलो बेइमानी के हुन्छ ? न्याय प्रणालीमाथि यो गम्भीर प्रहार हो, योभ...