विदेश जाने श्रमिकका लागि ‘जोन्सन एन्ड जोन्सन’को खोप माग

३१ असार, काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई विदशे जाने श्रमिकलाई ‘जोन्सन एन्ड जोन्सन’को खोप दिन आग्रह गरेको छ । एक पत्र लेख्दै मन्त्रालयले विदेश जाने श्रमिकलाई अमेरिकी सरकारबाट प्राप्त खोप उलिब्ध गराउन आग्ह गरेको हो । मन्त्रालयका अनुसार चीनको भेरोसेलको खोपालाई धेरैजसो श्रम गन्तब्य मुलुकले मान्यता दिएका […]

सम्बन्धित सामग्री

जोन्सन एन्ड जोन्सन खोप आज आउँदै

काठमाडौँ, २ पुस: नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप १४ लाख ५७ हजार मात्रा आउँदैछ । जर्मन सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराएको हो । २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दोस्रो खेप आउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो खेपमा ७ लाख १९ हजार ६५० डोज खोप नेपाल […]

भोलि र पर्सी थप २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आउँदै

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भोलि र पर्सि गरी २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आउन लागेको जानकारी दिए।

१८ वर्ष माथिकालाई जोन्सन एन्ड जोन्सन खोप

काठमाडौं, साउन ७ । बुधबारबाट अमेरिकी कम्पनीले उत्पादन गरेको जोन्सन एन्ड जोन्सन खोप लगाउन शुरू गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप भण्डारण गरेर राख्नुभन्दा आम नागरिकको पहुँचमा पु¥याउन निर्देशन दिएलगत्तै स्वास्थ्य मन्त्रालयले १८ वर्ष उमेर पुगेका नागरिकलाई बुधबारबाट जोन्सन एन्ड जोन्सन खोप लगाउन शुरू गरेको हो । यो खोप आज बिहीबारसम्म लगाउन सकिनेछ । […]

तीन दिनमा ८१ हजार ३५२ जनाले लगाए जोन्सन एन्ड जोन्सन खोप

अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप अहिले बागमती र गण्डकी प्रदेशमा मात्र दिइएको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप

काठमाण्डाै – कोरोना भाइरसविरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाण्डाैमा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाण्डाैमा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो । अहिले खोप लगाउनका लागि काठमाण्डाैका ४४ वटा खोप केन्द्रमा भिड रहेको छ । उहाँले खोप भोलि बिहीवारसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताउनुभयो । उहाँले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरूले कम ल...

जोन्सन एन्ड जोन्सन र अस्ट्राजेनेका खोपलाई आपतकालीन प्रयोग अनुमति

काठमाडौं : नेपाल सरकारले अमेरिकाको जोन्सन एन्ड जोन्सन र जापानबाट आउन लागेको कोरोना विरुद्धको अस्ट्राजेनेका खोप आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभागले असार १५ र १६ गते यी दुई खोप प्रयोग गर्न आपतकालीन अनुमति दिएको जनाएको हो।कोभ्याक्स सुविधामार्फत अमेरिकाले दिएको १५ लाख ३४ हजार जोन्सन एन्ड जोन्सन खोप ल्याएर हाल लगाउन थालिएको छ। जापानले सहयोगस्वरूप दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप केही दिनमै आउने बताइएको छ।जापानबाट आउने अस्ट्

मुख्यमन्त्री पोखरेलद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् । मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका हुन् ।स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप लगाएर जोन्सन एन्ड जोन्सनको नवलपुरमा शुरु गरिएको स्वास्थ्य कार्याल

मुख्यमन्त्री पोखरेलद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् । मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका हुन् ।     स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप लगाएर जोन्सन एन्ड जोन्सनको नवलपुरमा शुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागार्इं...

‘जोन्सन एन्ड जोन्सन’ खाेपका लागि ताेकियाे २८ केन्द्र

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आज साेमवारदेखि सुरु गरेको ‘जोन्सन एन्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । आजदेखि यही साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई याे खोप दिइने व्यवस्था गरिएको छ । कामपाले यस पटक झन्डै ७६ हजार मात्रा खोप माग गरेको छ । सरकारले खोपका लागि तोकेका समूहको सङ्ख्यालाई २०६८...

के हो जोन्सन एन्ड जोन्सन खोपमा देखिएको पछिल्लो समस्या ?

अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) ले जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोपमा जिआन बार (Guillain-Barr) सिन्ड्रोमको नयाँ चेतावनी सार्वजनिक गरेको छ । जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको खोप लगाएका व्यक्तिमा गम्भीर तर दुर्लभ ‘जिआन बार’ नामक साइड इफेक्ट देखिएको एफडीएको भनाइ छ । यसमा शरीरको प्रतिरोधात्मक क्षमताले मानिसको स्नायु प्रणालीमा हमला गरेर मानिसलाई ‘प्यारालाइसिस’ सम्म गराउने खतरा रहन्छ ।अमेरिकामा १ करोड २८ लाख जनालाई यस क