काठमाण्डाै – कोरोना भाइरसविरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाण्डाैमा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाण्डाैमा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो । अहिले खोप लगाउनका लागि काठमाण्डाैका ४४ वटा खोप केन्द्रमा भिड रहेको छ । उहाँले खोप भोलि बिहीवारसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताउनुभयो । उहाँले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरूले कम ल...