रसुवा । बागमती प्रदेशको हिमाली जिल्ला रसुवा जलविद्युतको मुख्य केन्द्र बन्ने भएको छ । जिल्लामा रहेका पाँच वटा खोलामा करिब सात सय मेघावाट विद्युत उत्पादन हुने भएपछि बागमती प्रदेशको विद्युतको मुख्य केन्द्र हब बन्ने देखिएको हो । चिलिमे, मैलुङ, फलाखु, लामटाङ तथा भेटेकोशी र त्रिशुली नदीमा सञ्चालित पन्ध्र वटा जलविद्युत आयोजनाहरु निमार्णको चरणमा छन् । […]