काठमाडौं : निर्वाचन आयोगले सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारले गरेको प्रचारप्रसारको विवरण बुझाउन निर्देशन दिएको छ। आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले चुनावमा भाग लिएका ७९ दललाई पत्राचार गरेर खाताको विवरण अनिवार्य रुपमा बुझाउन शुक्रबार निर्देशन दिएको हो।‘प्रचारप्रसारका लागि प्रयोग गरिने सामाजिक सञ्जालको खाताको विवरण उम्मेदवारको अन्तिम सूची प्रकाशन भएको २४ घण्टाभित्र अनिवार्य रुपमा बुझाइ स्वीकृति लिने र स्वीकृति नलिइ सामाजिक सञ्जालमा विज्ञापन गरेको पाइएमा त्यसलाई