काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि मंगलबार मध्यरातमा मौन अवधि शुरु हुँदै छ। मौन अवधि नजिकिँदै गर्दा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले प्रचार बढाउन सामाजिक सञ्जालमा बुष्ट गरिरहेका छन्।अनलाइन सपिङमा बढी प्रयोग हुने प्रणाली अहिले दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारका लागि भरपर्दो चुनावी प्रचारको माध्यम बनिरहेको छ। लक्षित स्थान, लक्षित उमेर, लिंग, बजेट आदिले सामाजिक सञ्जालमा धमाधम बुष्ट गर्ने काम भइरहेको छ।पछिल्लो समय फेसबुक र युट्युबमा यस्ता किसिमका प्रचार भइरहेका छन्। आ