भगवती तिमल्सिना,काठमाडौं । कोरोना संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको भूमिका सर्वाधिक खाँचो परिरहेको बेलामा यो मन्त्रालयलाई अस्थिरताले गाँजेको छ । डेढ वर्षको अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन जना मन्त्री फेरिएका छन् । कोरोना महामारीको पहिलो चरणमा भानुभक्त ढकाल स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । उहाँको पालामा स्वास्थ्य उपकरण, औषधिलगायतका सामग्री खरिद प्रक्रियामा घोटाला भएको मुद्दा चर्किएपछि […]