माघ १३, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
साधारण शेयर निष्कासन सम्बन्धी सम्झौता—पत्रमा बिहीवार कम्पनीका तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्कासन गर्नका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।
हाल कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी २५ करोड रुपैयाँ र चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्कासन गरी बाँडफाँट गरेपछि चुक्तापूँजी २५ करोड रुपैयाँ हुनेछ ।
गत कात्तिकमा सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।कम्पनीले नेपाल राष्ट्र बैंकबाट २०७६ साल असोज १ गते वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी २०७६ साल मंसिर १ गतेदेखि वित्तीय कारोबार गर्दै आएको छ ।
काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले हाल मुलुकभर ६० ओटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले आव २०७७/ ०७८ को असार मसान्तसम्ममा १ करोड ७७ लाख रुपैयाँ खुद मुनाफामा रहेको उक्त कम्पनीले चालू आवको दोश्रो त्रैमासिक अवधिसम्ममा १ करोड ३७ लाख खुद मुुनाफा आर्जन गरेको छ ।
यो पनि हेर्नुस् :
अभियान लघुवित्तले पायो इक्राएनपी– आईआरबीबी माइनस रेटिङ
पहिलो त्रैमासमा अभियान लघुवित्तको नोक्सानी बढ्यो
चौथो त्रैमासमा अभियान लघुवित्तले रू. १ करोड ८५ लाख नाफा कमायो