काठमाडौँ : सर्वोच्च अदालतका प्रस्तावित ६ जनामध्ये २ जनाको आज (आइतवार) संसदीय सुनुवाइ भएको छ। सङ्घीय संसद् संसदीय सुनुवाइ समितिसमक्ष उपस्थित भई उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाले आफ्नो कार्ययोजना प्रस्तुत गरे।उनीहरुले न्याय ढिलो र महँगो भएको स्वीकार्दै संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाँचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारिताका लागि प्रतिबद्धता व्यक्त गरे।पुराना बक्यौता मुद्दा न्यूनीकरणका लागि