काठमाडौँ – टर्कीको इस्तानबुलमा हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ गरिएको छ। चार महिला खेलाडीसहित २ प्रशिक्षक र एक जना टिम व्यवस्थापक गरी सात जनाको टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् । टोलीमा ४८ किलो तौल समूहमा नेपालकी उदयमान खेलाडी सुस्मा तामाङ समेटिएकी छन्। […]
नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिपमा भाग लिने खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा) र विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२२ मा भाग लिने नेपालका चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । मे ६ देखि २१ सम्म टर्कीको इस्तानबुल सहरमा हुने १२ औं विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट ४८ केजी तौलमा सुस्मन तामाङ, ५२ केजीमा १३ औं सागकी स्वर्णधारी मीनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ६० केजीमा १३ औं सागकै रजत विजेता पुनम रावलले भाग लिनेछन् ।