काठमाडौँ – टर्कीको इस्तानबुलमा हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ गरिएको छ। चार महिला खेलाडीसहित २ प्रशिक्षक र एक जना टिम व्यवस्थापक गरी सात जनाको टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् । टोलीमा ४८ किलो तौल समूहमा नेपालकी उदयमान खेलाडी सुस्मा तामाङ समेटिएकी छन्। […]