काठमाडौं : नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।संघले अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनशिप–२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट महिला चार बक्सरलाई बन्द प्रशिक्षणमा बोलाइएको बक्सिङ संघका प्रवक्ता श्याम काजी अवालेले बताए।आगामी मे ६ देखि २१ तारिखसम्म टर्कीको इस्तानबुल सहरमा हुने १२ औँ विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट सुस्मन तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा र पुनम रावलले प्रतिस्पर्धा