प्रदेश नम्बर १ मा दरबन्दीभन्दा ४० प्रतिशत कर्मचारीका भरमा काम हुँदै आएको छ । तीन हजार ८ सय ७२ स्वीकृत दरबन्दी भएको यस प्रदेशमा हाल १५ सयको हाराहारी कर्मचारीका भरमा कार्य सम्पादन हुँदै आएको छ । दरबन्दी पदपूर्ति र मिलान गर्ने जिम्मेवारी पाएको प्रदेश लोकसेवा आयोगमा माग नै नआएकाले कर्मचारी पूर्ति हुन नसकेको हो । […]