स्थानीय तहको निर्वाचन नजिकएसँगै मधेस प्रदेशमा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारेका छन् । विभिन्न दलका शीर्ष नेताहरूले निर्वाचनमा आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । चैतको सुरूआतसँगै मधेसमा पार्टी प्रवेशको लहर चलेको छ । चुनावमा उम्मेदवार बनाएर जिताउनेसम्मका आश्वासन दिएर अर्को पार्टीका नेता-कार्यकर्ता तान्न शीर्ष नेता नै सक्रिय बनेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, राप्रपाबीच कार्यकर्ता तान्ने होडबाजी चलेको छ। पार्टी प्रवेशको लहरलाई निर्व