काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले १०औं स्थापना दिवस सम्पन्न गरेको छ । शनिवार महासंघले एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यले महासंघले स्थापनाको १० वर्षमा धेरै काम गरेको र बाँकी काम पनि सबै मिलेर गर्नुपर्ने बताए । महासंघका सल्लाहकार तेजरत्न शाक्यले महासंघको स्थापनादेखि हालसम्मका विभिन्न पक्षबारे बताए । यस्तै महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले महासंघको स्थापना र त्यसयताका उपलब्धिका बारेमा बताएका थिए । यसैबीच महासंघले शनिवार दिउँसो काठमाडौंको मूलपानीस्थित ‘आमाको माया’ छात्रावासका विद्यार्थीलाई खाद्यान्न, लत्ताकपडा तथा स्टेशनरी र खेलकुद सामग्री प्रदान गरेको छ । महासंघका प्रवक्ता मनोजकुमार साहले विभिन्न प्रदेश महासंघ तथा जिल्ला तथा नगर संघले आ–आफ्नो तरीकाले स्थापना दिवस मनाएको बताए ।