भरतपुर महानगरको मतपत्रमा लेखियो–एमसीसी मूर्दावाद !

भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा मतपत्रमा मत नहालेर एमसीसीको विरोध गरेर लेखेको पनि पाइएको छ । मतगणनामा खटिएका एक जना दलीय प्रतिनिधिले दुई वटा मतपत्रमा फरक दृश्य देखिएको बताए । उनका अनुसार एउटा मतपत्रमा कसैलाई पनि मत नहाली ‘दलाललाई भोट हाल्दिनँ, एमसीसी मुर्दावाद’ लेखेको पाइएको छ। अर्को एक मतपत्रमा भने एमसीसीको विरोध गरिएको चिट भेटिएको उनले बताए । दुबै मतपत्र बदर भएको छ । भरतपुर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता र

सम्बन्धित सामग्री

भरतपुर महानगरको बेरुजु घटाउन समिति सक्रिय

भरतपुर महानगरपालिकाले बेरुजु फछर्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो ।सङ्घ संस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी बेरुजु फछर्यौट गर्न ताकेता गरिएको छ । महानगरको ११औँ नगरसभाले भरतपुर महानगरपालिका–१ का अध्यक्ष केशब महर्जनको संयोजकत्वमा लेखा समिति गठन गरेको थियो । समितिका सदस्य सचिव महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पुरानो बेरुजु धेरै छ । नगरपालिका स्थापनादेखि हालसम्म आइपुग्दा बेरुजु रु एक अर्ब भन्दामा

भरतपुर महानगरको बेरुजु घटाउन समिति सक्रिय

काठमाडौँ,१ भदौ । भरतपुर महानगरपालिकाले बेरुजु फछर्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । सङ्घ संस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी बेरुजु फछर्यौट गर्न ताकेता गरिएको छ । महानगरको ११औँ नगरसभाले भरतपुर महानगरपालिका–१ का अध्यक्ष केशब महर्जनको संयोजकत्वमा लेखा समिति गठन गरेको थियो […]

भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

काठमाण्डाै - भरतपुर महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९  मतान्तरले पराजित गर्नुभएको हो । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१  मत प्राप्त गर्नुभएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी  ...

अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर–१३ का राजेश विक र सन्ध्या तामाङ तथा भरतपुर–२ का बद्री बोहरा र सिर्जना विश्वकर्माको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो । कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख पार्वती शाह

भरतपुर महानगरको मतगणना रोकियो

भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ । महानगरको वडा नम्बर २ मा ३० मत कम भएपछि मतगणना रोकिएको हो ।मुचुल्कामा भन्दा ३० मत कम भएको दलका प्रतिनिधिहरुले बताएका छन् । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालको अग्रता रहेको छ । नेकपा एमालेका विजय सुवेदी र दाहालको कडा प्रतिस्पर्धा भइरहेको छ ।

भरतपुर महानगरको मतगणना सुरु

काठमाडौं– चर्चामा रहेको चितवनको भरतपुर महानगरको मतगणना सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतगणना करिब तीन घण्टा ढिला गरेर सुरु भएको हो । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी छन् । उनको प्रतिस्पर्धा कांग्रेसका बागी र एमालेका उम्मेदवारसँग […]

भरतपुर महानगरको मेयरमा एमालेका सुवेदीले दर्ता गरे उम्मेदवारी

भरतपुर महानगरको मेयर पदमा एमालेका विजय सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । सुवेदीले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्ने क्रममा एमाले नेता देवी ज्ञवाली लगायतका नेताहरु कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताउनुभएको छ । मंगलबार चितवन कांग्रेस सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर सभापति देउवाले सत्तागठबन्धनलाई निरन्तरता दिनुपरेकोले भरतपुरको मेयर कांग्रेसले लिन नसक्ने अवस्था आएको बताउनुभएको हो । उहाँले भरतपुर महानगरमा सत्तागठबन्धनले गर्ने निर्णयलाई सहयोग गर्न पनि खनाललाई […]

एमालेबाट भरतपुर महानगरको मेयरको उम्मेद्‌वार विजय सुवेदी

चितवन– नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको  मेयरमा विजय सुवेदीलाई उम्मेद्‌वार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए । महानगरको मेयरमा सुवेदीलाई सर्वसंगत ढंगले उम्मेद्‌वार बनाउने घोषणा गरिएको ज्ञवालीले बताए । मेयरको […]

भरतपुर महानगरको मेयरका लागि काँग्रेसका आकाङ्क्षीहरूले मनोनयन दर्ता गर्ने

चितवन । भरतपुर महानगरको मेयर काँग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेता पार्टी शीर्ष नेतालाई भेट्न काठमाडौँमा रहेका बेला काँग्रेसबाट मेयरमा आकाङ्क्षीहरूले मनोनयन दर्ता गर्ने भएका छन् । नेपाली काँग्रेस भरतपुर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय कमलनगर नारायणगढमा मेयर तथा उपमेयरका आकाङ्क्षीहरुलाई आइतबार र सोमबार मनोनयन दर्ता गर्न दुई दिनको समय तोकेको छ । […]