भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ । महानगरको वडा नम्बर २ मा ३० मत कम भएपछि मतगणना रोकिएको हो ।मुचुल्कामा भन्दा ३० मत कम भएको दलका प्रतिनिधिहरुले बताएका छन् । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालको अग्रता रहेको छ । नेकपा एमालेका विजय सुवेदी र दाहालको कडा प्रतिस्पर्धा भइरहेको छ ।