नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको संख्या २९९ सदस्यीय बनाउने प्रस्ताव पेश भएको छ ।
पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट पार्टीको विधान मस्यौदा प्रस्तुत गर्दै १५ जनाको पदाधिकारीसहित केन्द्रीय कमिटी २९९ सदस्यीय रहने प्रस्ताव पेश गरेका हुन् ।
उनको प्रस्तावमा बन्दसत्रमा छलफल भएर संशोधनसमेत हुन सक्ने माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।
गुरूङले पेश गरेको प्रस्तावअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव, उपमहासचिव दुई जना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ स...