१५ जेठ, काठमाडौं । सरकारले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराएका, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक पाँच हजार दिने भएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै यस्ता बिरामीलाई औषधि उपचारका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको बताए । […]