मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार रुपैयाँ उपचार खर्च पाउने, यस्तो छ कार्यविधि

काठमाण्डाै –  सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ दिने भएको छ । औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८ स्वीकृत भएसँगै मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीले औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ पाउने भएका हुन् । गएको १३ गतेको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको हो । स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७ सय ५३ पालिकाबा...